एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’



काठमाडौं । एनसेल आजियाटाले प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको छ ।

एनसेलका ग्राहकले सजिलैसँग करसहित ७५ रुपियाँमा यो प्याक लिन सक्छन् । प्याकको समयावधि ३ दिनको रहेको छ । यसको अर्थ, ग्राहकहरूले कुनै डेटा भोल्युम सीमाबिना ३ दिनसम्म ५ घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउँछन् ।

ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ३ ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिन्छ ।

सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरुका लागि यो बिन्दस डेटा प्याक उत्तम विकल्प हुने एनसेलले जनाएको छ । हालै मात्र, कम्पनीले बिन्दस भ्वाइस प्याक पनि ल्याएको छ जसमा ग्राहकहरूले कर सहित मात्र २५ मा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्