के गर्नु छन्दका कुरा



ढाँचा साहित्यमा नौलो कोबाट कसरी छि¥यो ?
हाइकु तान्का जमेका छन् नेपालीपन मासियो
प्रश्नमाला वधुशिक्षा सिकाऊँ कसरी पुुरा
बिर्खे टोपी अ हो ! बाजे पुराना छन्दका कुरा ।

भाषा भासिन थाल्दै छ भानुको अर्थ खोज्नु छ
अमुल्य कृतिको नासो विकृतिसँग सोध्नु छ
घाँसी को हो ? कुवा के हो जान्दैनन् अबका भुरा
बिर्खे टोपी अ हो ! बाजे पुराना छन्दका कुरा ।

डिट्ठा बिचारि छन् उस्तै उस्तै छ उपियाँ पनि
भोली भोली त भन्दैनन् भन्छन् ले रुपियाँ भनी
खुसखोर छ अड्डामा घर्घर्मा द्वन्द्वका कुरा
बिर्खे टोपी अ हो ! बाजे के गर्नु छन्दका कुरा ।

चपला अबला ज्यादै छोटा वस्त्र लगाउने
शिक्षा दिक्षा चलेको छ पाठशाला जलाउने
बन्धु हत्या छिट्टै जान्यौँ सिक्दै छौँ बन्दका कुरा
बिर्खे टोपी अ हो ! बाजे के गर्नु छन्दका कुरा ।

प्रतिक्रिया दिनुहोस्