एसिया कपमा सूर्यवंशीको कीर्तिमानै कीर्तिमान


भारतको ए टोलीले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा संयुक्त अरब इमिरेट्स ९यूएई० लाई ७ विकेटले हराएको छ । दोहामा भएको खेलमा भारतको ए टोलीले २ सय ५० रनको लक्ष्य केवल १४।२ ओभरमा प्राप्त ग¥यो । यस जिनमा १५ वर्षीेय वैभव सूर्यवंशीले ५२ बलमै दोहोरो शतक प्रहार गरेपछि टोलीको जित १५ ओभरभित्रै भयो । उनी २ सय ४ रनमा आउट भएका थिए ।

यो खेलमा बनेका केही कीर्तिमानहरू

-सूर्यवंशीले ५२ बलमै दोहोरो शतक बनाए । ५० ओभरको खेलमा यो सबैभन्दा छिटो दोहोरो शतकको कीर्तिमान बन्यो । यसअघि न्युजिल्यान्डका चाड बोवेसले २०२४ मा १ सय ३ बलमा २ सय रन पूरा गरेको छिटो दोहोरो शतक थियो ।

-सूर्यवंशीले २८ बलमै शतक प्रहार गरेका थिए । याये लिस्ट ए र एकदिवसीय क्रिकेट दुबैतर्फ छिटो शतकको कीर्तिमान हो । यसअघि ज्याक फेजर–मैकगर्कले २०२३ मा साउथ अस्टे«लियाको तर्फबाट खेल्दै तस्मानियाविरुद्ध २९ बलमा शतक प्रहार गरेर कीर्तिमान राखेका थिए ।

-सूर्यवंशीले ४० बलमा १ सय ५० रन पूरा गरेका थिए । यो लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो डेढ सय रन हो । उनले आफ्नै कीर्तिमान तोडे । उनले २०२५ मा बिहारबाट खेल्दै अरुणाचल प्रदेशविरुद्ध ५९ बलमा १ सय ५० रन बनाएका थिए ।

-सूर्यवंशीले प्रहार गरेको कूल २८ छक्का लिस्ट ए क्रिकेटमा एकै इनिङमा भएको सर्वाधिक छक्का हो । उनले २०२४ मा रणजी ट्रफीमा हैदराबादका लागि आफुले नै प्रहार गरेको २६ छक्काको कीर्तिमान तोडेका हुन् ।

-भारतीय ए टोलीले यूएईविरुद्ध ५ ओभरमै १ सय रन जोडेको थियो । जुन लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक हो । यसअघि न्युजिल्यान्डले २०१५ मा श्रीलंकाविरुद्ध ६।३ ओभरमा १ सय रन बनाएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।