काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेड भिसा इन्टरनेशनलद्वारा आयोजित ‘Visa Leadership Conclave’ कार्यक्रममा दुई प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ।
बैंकले कार्ड व्यवसायमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा ‘Excellence in Consumer Prepaid Cards Business’ र ‘Excellence in Consumer Credit Cards Business’ अवार्ड प्राप्त गरेको हो।
ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सिद्धार्थ बैंकले क्रेडिट कार्ड तथा प्रिपेड कार्ड सेवाको बजार विस्तारलाई प्राथमिकता दिँदै आएको छ। बैंकका अनुसार प्राप्त अवार्डले कार्ड व्यवसायमा बैंकले हासिल गरेको उपलब्धि, प्रविधिमैत्री सेवा तथा ग्राहकको बढ्दो विश्वासलाई प्रतिबिम्बित गरेको छ।
आषाढ २०८३ मसान्तसम्म नेपालका बैंक तथा वित्तीय संस्थाले कुल ३ लाख ३० हजार क्रेडिट कार्ड जारी गरेका छन्। तीमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ६९ हजार अर्थात् २१ प्रतिशत रहेको बैंकले जनाएको छ।
त्यसैगरी, सोही अवधिसम्म बजारमा जारी भएका कुल २ लाख ८० हजार प्रिपेड कार्डमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ४२ हजार रहेको छ।
क्रेडिट कार्ड सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले बैंकले ग्राहकका लागि लाइफटाइम निःशुल्क क्रेडिट कार्डको सुविधा पनि उपलब्ध गराएको छ। उक्त सुविधाअन्तर्गत ग्राहकले मङ्सिर २९, २०८३ सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।
कार्ड व्यवसायमा प्राप्त यी दुई अन्तर्राष्ट्रिय सम्मानले डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ सेवाको विस्तारमा सिद्धार्थ बैंकले अघि बढाइरहेको प्रयासलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।








तपाईंको विचार लेख्नुहोस्