काठमाडौं ।
एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित ‘Visa Leadership Conclave’ मा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी तथा ग्राहकमुखी बैंकिङ सेवामा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई दुई विधामा सम्मानित गरिएको हो।
बैंकले ‘Excellence in Product Innovation’ र ‘Excellence in Consumer Debit Cards Business – Principal Client’ अवार्ड प्राप्त गरेको जनाएको छ।
डिजिटल बैंकिङ सेवामा नवीनतम प्रविधिको प्रयोग, उत्पादनमा नवप्रवर्तन तथा ग्राहकलाई सहज र सुरक्षित वित्तीय सेवा उपलब्ध गराउँदै आएको योगदानका आधारमा बैंकले उक्त सम्मान प्राप्त गरेको हो।
एनएमबि बैंकले ग्राहकहरूको दैनिक वित्तीय कारोबारलाई सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आफ्ना डिजिटल बैंकिङ सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै आएको छ। बैंकका भरपर्दा डेबिट कार्ड सेवा तथा आधुनिक डिजिटल बैंकिङ सुविधामार्फत ग्राहकहरूले स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित रूपमा वित्तीय कारोबार गर्न सक्ने बैंकले जनाएको छ।
प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहक अनुभवलाई उत्कृष्ट बनाउनु बैंकको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै बैंकले प्राप्त गरेको यस सम्मानले डिजिटल बैंकिङ क्षेत्रमा अघि बढाइएका नवीनतम पहल र प्रयासलाई थप पुष्टि गरेको जनाएको छ।
ग्राहकहरूको निरन्तर विश्वास र साथले प्राप्त यस सफलताले आगामी दिनमा अझ गुणस्तरीय तथा उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न थप हौसला मिलेको बैंकको भनाइ छ।
एनएमबि बैंकले हाल देशभर १९६ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।








तपाईंको विचार लेख्नुहोस्