बडि बिल्डर धिमाललाई माल्दिभ्समा स्वर्ण



काठमाडौं ।

माल्दिभ्सको राजधानी मालेमा जारी १३औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका ललित धिमालले स्वर्ण पदक जितेका छन् । उनले ७५ के.जी. तौल समूहमा स्वर्ण पदक जितेका छन् ।

उक्त तौलको स्पर्धामा भारतका खेलाडी दोस्रो र अफगानिस्तानका खेलाडी तेस्रो भए । चौथो तथा पाँचौं स्थानमा पनि भारतीय खेलाडीहरुको वर्चश्व रह्यो ।

त्यसैगरी, भोलि शनिबार हुने प्रतियोगिताको ओभरअल च्याम्पियन अर्थात् मि. दक्षिण एशियाको उपाधिको लागि फेरि उनले प्रतिस्पर्धा गर्नेछन् । धिमालले हालै काठमाडौंमा भएको हिमालय शारीरिक सुगठन प्रतियोगितामा ओभरअल विजेता भई ५ लाख २५ हजार नगद पुरस्कार जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्