डि मारिया १३ वर्षपछि बेन्फिकामा



LUSAIL CITY, QATAR – DECEMBER 18: Angel Di Maria of Argentina celebrates after scoring the team’s second goal during the FIFA World Cup Qatar 2022 Final match between Argentina and France at Lusail Stadium on December 18, 2022 in Lusail City, Qatar. (Photo by Catherine Ivill/Getty Images)

लन्डन, (एजेन्सी) । अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारिया बेन्फिका फर्किएका छन् ।

डि मारिया १३ वर्षपछि पुनः पोर्चुगिज क्लब बेन्फिका फर्किएका हुन् । यसअघि इटालियन क्लब युभेन्टसबाट व्यवसायिक फुटबल खेल्दै आएका डि मारियासँग बेन्फिकाले एक वर्षको लागि सम्झौता गरेको बताइएको छ । सन् २००७ देखि २०१० सम्म बेन्फिका रहेका ३५ वर्षीय डि मारिया त्यसपछि स्पेनिस क्लब रियल मेड्रिड गएका थिए । सो अवधिमा डि मारिया रियलले, म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मन (पिएसजी) र युभेन्ट्सबाट खेलेका थिए ।

उनले गत सिजन इटालियन क्लब युभेन्ट्सबाट खेलेका थिए । त्यसअघि उनी ७ वर्ष पेरिस सेन्ट जर्मेन (पीएसजी) मा रहेका थिए । ‘घरमा तिमीलाई स्वागत छ । डि मारिया ।’ क्लबले भिडियो सन्देशमार्फत भनेको छ । उनले क्लबसँग एक वर्षको सम्झौता गरेका छन् । दोस्रो पटक बेन्फिका फर्किएका डि मारियाले अघिल्लो बसाईंको क्रममा बेन्फिकालाई पोर्चुगिज प्रिमेरा लिगा र कप डबलको उपाधि दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्