नेदरल्यान्ड्स फेरि भारतमै हुने विश्वकपमा



काठमाडौं । जिम्बावेलाई उनीहरुकै मैदानमा हराएर सनसनी मच्चाएको स्कटल्यान्ड हिस्स परेको छ । नेदरल्यान्डस् विश्वकपमा पुग्दा स्कटल्यान्डको विश्वकपको सपना तुहिएको हो । आईसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत सुपरसिक्समा महत्वपूर्ण खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई ४ विकेटले हराएको थियो । यो जितले नेदरल्यान्ड्स, स्कटल्यान्डको समान ६ अंक भएपनि राम्रो नेटरनरेटको आधारमा डच टोलीले बाजी मा¥यो ।

योसँगै नेदरल्यान्ड्सले आगामी अक्टोबरमा भारतमा हुने विश्वकपको लागि स्थान बनायो । यो नतिजापछि भारतमा हुने विश्वकपमा खेल्ने १० टोलीको पनि टुंगो लागेको छ । जसमा भारत, पाकिस्तान, अस्टे«लिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, इंग्ल्यान्ड, अफगानिस्तान, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स रहेका छन् । श्रीलंका र नेदरल्यान्ड्सले छनोट खेलेर विश्वकपमा स्थान बनाएका हुन् भने बाँकी सीधै विश्वकपमा छनोट भएका हुन् ।

नेदरल्यान्ड्सलाई २०११ पछि विश्वकपमा पु¥याउन महत्वपूर्ण भुमिका बास डि लिडेले गरे । उनले शानदार प्रदर्शन गरेर टोलीको विश्वकपमा पुग्ने मौका सिर्जना गरेका थिए । संजोगवश २०११ मा पनि भारतमै विश्वकप आयोजना भएको थियो । अहिले १२ वर्षपछि नेदरल्यान्ड्स विश्वकपमा पुग्दा फेरि एकपटक प्रतियोगिता भारतमै आयोजना हुन लागेको हो ।

स्कटल्यान्डले जितको लागि २ सय ७८ रनको बलियो लक्ष्य दिएको थियो । तर, नेदरल्यान्ड्सले ४२.५ ओभरमै ६ विकेटको नोक्सानीमा लक्ष्य पाएको थियो ।

विश्वकपमा पुग्न उक्त लक्ष्य ४४ ओभर भित्र पूरा गर्नुपर्ने थियो । तर ७ बल अघिनै लक्ष्य पुरा गरियो । विश्वकपमा पुग्न अन्तिम २४ बलमा ४५ रन चाहिएको थियो । ४१ औं ओभरमा स्पिनर मार्क वाटलाई तीन छक्कासहित कुल २२ रन जोडेपछि विश्वकप यात्रा सहज बनेको थियो ।

नेदरल्यान्ड्सको जितमा बास डि लिडेले ९२ बलमा ७ चौका र ५ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङ खेले । टोलीलाई जितको लागि दुई रन चाहिँदा उनी रन आउट भएका थिए । उनको यो करिअरको पहिलो शतक हो । त्यस्तै सकिब जुलफिकर ३२ बलमा ३ चौका र १ छक्कासहित३३ रनमा नट आउट रहे । छैटौं विकेटका लागि लिडे र जुलफिकरले ६९ बलमा १ सय १३ रनको सानदार शतकीय साझेदारीका साथ विश्वकपमा स्थान पक्का गराए ।

त्यसअघि जिम्बावेको क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७७ रन बनाएको थियो । उक्त योगफल जितको लागि पर्याप्त हुन सकेन ।स्कटल्यान्डका २३ वर्षीय अलराउन्डर ब्रेन्डन म्याकमुलेनले १ सय १० बलमा ११ चौका र ३ छक्कासहित १ सय ६ रनको सानदार शतकीय इनिङ खेलेपनि टोलीको हार भने टार्न सकेनन् ।

कप्तान रिची बंरिंग्टन ८४ बलमा ३ चौका र २ छक्कासहित ६४ रनमा आउट भए । टम मार्किन्टस २८ बलमा ५ चौकासहित ३८ रनमा नट आउट रहे । अन्य ब्याटरले भने राम्रो गर्न सकेनन् । ओपनर क्रिस म्याकब्राइड ३२, म्याथ्यु क्रस डक, जर्ज मुन्शे ९, माइकल लिस्क १ र क्रिस ग्रेभ्स १८ रनमा आउट भए । नेदरल्यान्ड्सका लागि बास डि लिडेले १० ओभरमा ५२ रन खर्चेर ५ विकेट लिए । रायन केलिनले दुई र लोगन भान बिकले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्