स्मिथले १ सयौं टेस्ट खेल्दै



लन्डन, (एजेन्सी) । अस्टे«लियाका क्रिकेटर स्टिभ स्मिथले यसै साता उनको करियरमा १ सयौं टेस्ट खेल्दैछन् । हेडिङलीमा हुने सो टेस्ट उनको लागि निकै महत्वपूर्ण पनि हुनेछ । किनभने यो टेस्ट जित्यो भने उनको टोली अस्टे«लियाले इंग्ल्यान्डविरुद्धको एशेज टेस्ट शृंखला जित्नेछ । हाल दुई टेस्ट सकिएको स्थितिमा अस्टे«लिया २–० ले अघि रहेको छ । एशेजमा उनीहरुले ५ टेस्ट खेल्ने प्रावधान रहेको छ ।

स्मिथले २००७ मा १८ वर्षको उमेरमा क्लब क्रिकेट सेभनोयाक्सको लागि खेलेका थिए । उनले इंग्ल्यान्डको काउन्टी क्रिकेट पनि खेलेका थिए । त्यतिबेला संभव थियो कि उनले इंग्ल्यान्डका लागि खेल्नसक्थे । उनकी आमा इंग्ल्यान्डकी हुन् । स्मिथले बताए—ममी अझै पनि इंग्लिस नै छिन् । जरा त्यही छ तर, म अस्टे«लियाको प्रतिनिधित्व गरिरहेको छु ।

उनले थपे—मेरो लागि अस्टे«लिया आफ्नो घर हो । मलाई न्युसाउथ वेल्सबाट खेल्ने प्रस्ताव आयो । त्यतिबेला धेरै जसो मेरा आदर्श खेलाडी खेलिरहेका थिए । मलाई त्यो प्रस्ताव स्विकार्न गाह«ो भएको थिएन ।

तीन वर्षपछि स्मिथले टेस्ट क्रिकेट खेल्न पाए । उनले पाकिस्तानविरुद्ध खेल्दा आठौं नम्बरमा ब्याटिङ गरेका थिए । उनले २१ ओभर बलिङ गरेर ३ विकेट पनि लिएका थिए । त्यतिबेला लेग स्पिनमा शेन वार्न प्रसिद्ध भइसकेका थिए । उनको उपस्थितमा स्मिथको लागि टोलीमा स्थान बनाउन कठिन पनि भएको उनले बताए ।

अस्टे«लियामा उनी र वार्न गरी १४ जना स्पिनर छन् । वर्तमान अवस्थामा नाथन लायन नम्बर एक स्पिनर हुन् । स्मिथले बताए कि उनलाई ब्याटिङ गर्न मन लागेको थियो । तर, मौका नपाएको उनको भनाइ रहेको थियो । एक खेलमा उनको कभर ड्राइभ, ब्याक फुट पन्च र पुल शट देखेर सबै दंग परेका थिए । यहीदेखि उनीमाथि टोलीले भरोसा गरे कि उनी ब्याटिङ गर्न सक्छन् ।

अहिले ब्याटिङमा स्मिथले पकड जमाएका छन् । उनले ३२ टेस्ट शतक प्रहार गरिसकेका छन् । वर्तमानमा चार जना खेलाडीको नाम आउँदा स्मिथको पनि नाम सामेल हुन्छ । यी चार खेलाडीमा स्मिथ, इंग्ल्यान्डका जोए रुट, न्युजिल्यान्डका केन विलियमसन र भारतका विराट कोहली हुन् ।

स्मिथको करियर चोखो भने भएको छैन । २०१८ मा सेन्डपेपर काण्डमा उनी मुछिएका थिए । यो काण्डले उनको करियर नै झण्डै सकिएको थियो । उनको कप्तानी छिनियो र एक वर्ष खेल्नबाट प्रतिबन्ध गरियो । प्रतिबन्ध हुँदा उनको कुहिनोको शल्यक्रिया गरिएको थियो । यसले पनि उनको भविष्य सकिएको भनेर सबैले सोचिसकेका थिए । स्मिथले परिवारसँग त्यतिबेला न्युयोर्कमा समय बिताएका थिए ।

यदि स्मिथ क्रिकेटमा नफर्किएको भए उनी गितार बजाइरहेको हुन्थ्यो । तर, प्रतिबन्ध हटेपछि उनले गितार फ्यालेर पुन ब्याट समाए । र अहिलेसम्म पनि सफल करियर बनाइरहेका उनले १ सयौं टेस्ट खेल्ने अवसर प्राप्त गरे । २०१९ को एशेजमा उनले दुई शतक प्रहार गरेका थिए । स्मिथले एशेज टेस्टमा ३ हजार २ सय १० रन प्रहार गरिसकेका छन् । यो कुनै पनि ब्याटरले गरेको चौथो सर्वाधिक रन हो ।

स्मिथको यो इंग्ल्यान्डमा अन्तिम एशेज हुनेछ । हाल उनी ३४ वर्षको भएको छ । अर्को पालि अस्टे«लियाले इंग्ल्यान्डमा खेल्न आउँदा उनको उमेर ३८ हुनेछ । इंग्ल्यान्डमा यसपालि उनले एशेजको दुई टेस्ट खेलिसकेका छन् । अब उनले तीन टेस्ट खेल्न बाँकी छ । चार वर्षपछि हुने यात्रामा हुने हो कि होइन भनेर सोध्दा उनले बताए—मलाई शंका छ, ।

प्रतिक्रिया दिनुहोस्