राजेन्द्र र लिललाई उपाधी



काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई र गण्डकी प्रदेश साँसद लिल बहादुर थापाको जोडी मदन स्मृती ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधी हात पार्न सफल भएका छन् ।

ललितपुरस्थित रिभाईभ रिक्रियसन सेन्टरमा भएको प्रतियोगितामा राई र थापाको जोडीले दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीलाई फाईनलमा २१–१७, २१–१९ ले पराजित गर्दै उपाधी जितेका हुन् । प्रतियोगितामा पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र गणेश थापाको जोडी तथा नवराज सिलवाल र पूर्व मन्त्री भानुभक्त ढकालको जोडी संयुक्त तेश्रो भए ।

नेकपा एमाले निकट संस्था नेपाल खेलकुद महासंघको आयोजना तथा नेकोस राष्ट्रिय ब्याडमिन्टन संघको ब्यवस्थापनमा भएको प्रतियोगिताको फाईनल प्रवेश गर्ने क्रममा राजेन्द्र कुमार राई र लिल बहादुर थापाको जोडीले कमल थापा र गणेश थापाको जोडीलाई २१–१६, २१–१७ ले तथा दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीले नवराज सिलवाल र ञभानुभक्त ढकालको जोडीलाई २१–६, २१–७ ले पराजित गरेका थिए ।

जननेता मदन भण्डारीको ७२ औ जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा संविधान सभा सदस्य, भूपु तथा वर्तमान राष्ट्रिय सभा, प्रतिनिधी सभा र प्रदेश सभा सदस्य एवं मन्त्रीहरु गरि ६४ जोडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्