ललित माल्दिभ्स जाने



काठमाडौं । ललित धिमालले माल्दिभ्सको मालेमा हुने दुई अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । दुई प्रतियोगिता असार २० देखि २४ गतेका दौरान हुनेछ ।

ललितले १३ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा प्रथम माल्दिभ्स अन्तर्राष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगितामा भाग लिन लागेका हुन् । आठौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताका ओभरअल च्याम्पियन ललितले दुवै प्रतियोगितामा पुरुष ७५ केजी तौलसमूहमा नेपाल चुनौती प्रस्तुत गर्ने छन् ।

आमन्त्रण प्रतियोगितामा शीर्ष पाँच स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ३ हजार, २ हजार, १ हजार र ५ सय अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्