किर्गियोसले विम्बल्डन गुमाउने



लन्डन, (एजेन्सी) । साबिक विजेता निक किर्गियोसले वर्षको तेस्रो ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डन टेनिस गुमाउने भएका छन् ।

२८ वर्षीय किर्गियोसले नाडीको चोटका कारण विम्बल्डनबाट नाम फिर्ता लिएका हुन् । चोटकै कारण यसअघि अस्ट्रेलियन स्टार किर्गियोसले अस्ट्रेलियन र फ्रेन्च ओपन टेनिस प्रतियोगिता गुमाएका थिए ।

‘मैले विम्बल्डनअघि फिट हुन सक्दो प्रयास गरेको थिए । तर यो सम्भव भएन,’ किर्गियोसले भने, ‘विम्बल्डन गुमाउँदै भन्ने खवर बाहिर ल्याउनु पर्दा मलाई निकै दुःख लागेको छ ।’

गत वर्ष सम्पन्न विम्बलडनको फाइनलमा उनी नोभाक जोकोभिचसँग पराजित भएपछि उपविजेतामा सिमित बनेका थिए। यसपटकको विम्बल्डन आगामी सोमबारबाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्