रामले अष्ट्रेलियामा ३ प्रतियोगिता खेल्ने



काठमाडौं । राष्ट्रिय पारा तेक्वान्दो खेलाडी रामबहादुर अधिकारीले अष्ट्रेलियामा हुने ३ अन्तराष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन सोमबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

जुलाई ७ मा डब्लुटी प्रेसिडेन्ट कप, जुलाई ८ मा ओसिएना ओपन तेक्वान्दो च्याम्पियनसिप र जुलाई ९ मा अष्ट्रेलियन ओपन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

रामले के.४४ क्याटगोरीअन्तर्गत ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । रामलाई प्रशिक्षक लामालगायतले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्