नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा



काठमाडौं । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपालले फाइनलको यात्रा सुनिश्चित गरेको हो ।

नेपालले जितका लागि दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१।३ ओभरमा ८७ रनमा अलआउट भयो । सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो

मंगलबार हुने फाइनलमा नेपालले घरेलु टोली मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्