आजबाट काठमाडौंमा हिन्दी फिल्मको प्रदर्शन रोक्दै महानगर

सञ्चार मन्त्रालयको ध्यानाकर्षण



काठमाडांै महानगरभित्रका सिनेमा हलमा आज सोमबारदेखि हिन्दी फिल्मको प्रदर्शन रोकिने भएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश ञजानकी भारतीय छोरी हुन्ु भन्ने आपत्तिजनक सन्देश त्यसको मूल भागबाट हटाउन तीन दिनअघि आह्वान गरिए पनि सो नगरिएको र राष्ट्रहित विपरीतको फिल्म प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो फिल्म प्रदर्शन हुँदा त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले काठमाडौंमा हिन्दी फिल्म प्रदर्शन रोक्नुपरेको जनाएका छन्।

ञभारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले आह्वान गरेको थियौं। नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन।

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ। उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ। उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छु मेयर शाहले आइतबार सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ञकाठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडांै महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ।

मेयर शाहको निर्देशनपछि नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइएको उनको सचिवालयले जनाएको छ। शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुका काठमाडौं महानगरका ३२ वडाभित्रका १७ फिल्म हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिएको छ। गत बिहीबार फिल्ममा विवादित संवाद भएको भन्दै नेपाली सेन्सर बोर्डले आदिपुरुषलाई प्रदर्शनको सर्टिफिकेट दिएको थिएन।

भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि सो फिल्मलाई प्रदर्शन अनुमति दिएको थियो। प्रदर्शन अनुमतिपछि पनि फिल्मबारे विवाद चर्किएका कारण प्रदर्शकहरुको छाता संगठन नेपाल चलचित्र संघले शुक्रबार बिहान एक बैठक बस्दै काठमाडौं उपत्यकाका सबै फिल्महरुलाई शुक्रबार बिहानको प्रदर्शन रोक्न र उपत्यका बाहिर भने परिस्थिति हेरेर प्रदर्शन गर्न सकुलर पठाएको थियो।

जसका कारण राजधानीको एक हलबाहेकका अन्य हलले बिहानी शो स्थगित गरेका थिए। मध्याह्नदेखि भने फिल्म प्रदर्शन गरिएको थियो। मेयर शाहले शुक्रबार नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई भारतमा पनि फिल्मको उक्त संवाद नहटाएसम्म नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न आग्रह गर्दै पत्र पठाएका थिए। राष्टिझय स्वतन्त्र पार्टीका सांसद तथा फिल्म निर्देशक असिम शाहले फिल्मसम्बन्धी विवादबारे शुक्रबारको प्रतिनिधिसभा बैठकमा समेत कुरा उठाएका थिए। उनले परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले सो फिल्मको विषयलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै बालेनको निर्णयमाथि समर्थन जनाएका थिए। तर, आइतबार बेलुकासम्म पनि भारतमा प्रदर्शनरत फिल्मको उक्त विवादित संवाद नसच्याइपछि महानगरले काठमाडौंका हलहरुमा हिन्दी फिल्मको प्रदर्शन रोक्न लागेको हो।

फिल्मका लेखक एवमं गीतकार मनोज मुन्तशिरले फिल्मको संवाद हटाउनुको सद्मा सन् १९०३÷४ ताका नेपाल भारतकै एक अंश रहेकोले जानकी भारतकै छोरी रहेको आधारहीन र विवादित बयान भारतीय सञ्चार माध्यमका साथ दिइरहेका छन्। सर्वसाधारणदेखि कलाकारसम्मले उनको भनाइको विरोध गरिरहेका छन्। प्रभाष र कृति सेनन स्टारर आदिपुरुष हिन्दू धर्मग्रन्थ रामायणमा आधारित भनिए पनि हेर्नेहरुले भने फिल्म छेउ न पुच्छरको भन्दै आलोचना गरिरहेका छन्। फिल्मको भारतमै पनि आलोचना भइरहेको छ।

सञ्चार मन्त्रालयको ध्यानाकर्षण

आदिपुरुषमा प्रयोग भएको संवादलाई लिएर भइरहेको विवादमा सरकारले प्रतिक्रिया जनाएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आईतवार आदिपुरुषमा समावेश जानकी भारतकी छोरी हुन् भन्ने संवाद नहटाएसम्म काठमाडौं महानगर क्षेत्रमा हिन्दी फिल्मको प्रदर्शन रोेकिने घोषणा गरेलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वक्तव्य जारी गर्दै सेन्सर पास भइसकेको फिल्मलाई लिएर सञ्चारमाध्यम र सरोकारवाला निकायबाट जनाइएका आपत्तिको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाद्वारा जारी विज्ञप्तिमा जेठ ३१ गते फिल्म जाँच गर्दा राष्ट्रिय विभूतिको रुपमा रहेकी जानकीलाई भारतीय बेटीको रुपमा प्रस्तुत भएको संवाद हटाउन लगाई सोपश्चात सेन्सर पासको प्रमाणपत्र दिएर सार्वजनिक प्रदर्शन गर्न अनुमति दिइएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्