नेतादेखि अभिनेतासम्मको मन जित्यो नीरफूलले



पत्रकार पूmलमान वलद्वारा निर्देशित फिल्म नीरपूmलको बक्स अफिस रिपोर्ट जस्तो होस् आप्mनो ठाउँमा छ, तर हेर्ने जतिले यसलाई मनपराएका छन्।

ञपत्रकार तथा नेपाल टेलिभिजनका जीएम, निर्देशक फूलमान बलले निर्देशन गर्नुभएको फिल्म नीरपूmलले भूकम्पमा भोग्नुपरेको परिस्थिति, नेपालको भौगोलिक जटिलताका कारण भोग्नुपरेको समस्या, नेपालको सामाजिक, आर्थिक परिस्थिति, प्राकृतिक सुन्दरता र संस्कृतिक पक्ष झल्काएको छ। कलाकारहरुको अभिनयले कथालाई जीवन्त बनाएको छु फिल्मबारेको कौतुहलतालाई मेटाउन सोमबार राति राजधानीको नयाँ बानेश्वरस्थित आइप्लेक्स मलमा अवस्थित वन सिनेमाजमा आयोजित विशेष शोमा नीरपूmल हेरिसकेपछि अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले फेसबुकमा लेखेकी छन् यथार्थमा टेकेर बनाएको राम्रो फिल्मको सफलताको लागि नीरपूmल टोलीलाई शुभकामना। करिश्माले थपिन् झन्डै बिर्सिसकेको भूकम्पको बेलाको पीडालाई यो फिल्मले फेरि सम्झाइदिएको छ। हामीलाई त्यो बेलाको काठमाडौंको पीडा थाहा थियो, तर दुर्गम भेगको थाहा थिएन। त्यो सुकिसकेको खाटालाई यसले पुनः ब्युझाएको छ।

अभिनेत्री करिश्मा मानन्धर मात्र नभई विशेष शोमा फिल्म हेर्ने सबैजसो कलाकार, पत्रकार, राजनीतिज्ञले नीरपूmललाई मनपराएर यसको खुलेर तारिफ गरेका छन्। अभिनेता तथा निर्माता निर्देशक निर्मल शर्माले त अनुकूल भएसम्म फिल्म हेर्न सिफारिस नै गरेका छन्। कहालीलाग्दो महाभूकम्प र त्यसबाट सिर्जित अवस्थाबारे निर्देशक, कथाकार, प्राविधिक र कलाकारहरुले मेहनत गरेरै निमार्ण गरेको नीरपूmल हेरेर मज्जा आयो। अनुकूल मिलेसम्म हेर्नुहोला, शर्माले फेसबुकबाटै सिफारिस गरेका छन्। सञ्चारकर्मी अभिनेता तथा निर्देशक दिनेश डिसीले नीरफूल हेरेपछि निर्देशक फूलमान बललाई पत्रकारिताजस्तै फिल्म निर्देशनमा पनि त्यत्तिकै सशक्तरुपमा पाएको बताए। नीरफूलले उठाएको विषयवस्तु र यसमा प्रस्तुत भएका घटना सधैैं ताजा रहने उनको भनाइ थियो।

गत शुक्रबारदेखि रिलिजमा आएको नीरफूलले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मको समस्यालाई उजागर गर्न सफल भएको प्रतिक्रिया फिल्म हेर्नेहरुको छ। एमाले नेता भीम रावलले त नीरपूmलल भुटानी शरणार्थी प्रकरणको याद दिलाएको बताए। नीरफूलले एकसथा थुप्रै सन्देश दिएको छ। हाम्रो देशको प्राकृतिक सुन्दरताको छटालाई अगाडि ल्याएने फिल्मले भूकम्पजस्ता प्राकृतिक विपत्तिको बेलामा जनतालाई सेवा दिनुपर्ने कतिपय व्यक्ति र निकायले कसरी गलत तरिकाले फाइदा उठाउन खोज्छन् भन्ने कुरा छर्लंग बनाएको छ। फिल्म हेर्दा मलाई नक्कली भुटानी शरणार्थी प्रकरणको पनि सम्झना भयो, रावलको भनाइ थियो वैदेशिक रोजगारीले मुलुकको प्राकृतिक जीवनलाई तहसनहस बनाइरहेको र त्यसले परिवारलाई कसरी तहसनहस गरेको छ भन्ने सन्देश यसले दिएको छ। पत्रकार उमेश चौहानले त नीरपूmलले उठाएका विषयहरुमाथि बहस नै हुनुपर्नेमा जोड दिए। ञहाम्रो सामाजिक परिवेशसँग, भूकम्पसँग, आर्थिक अवस्थासँग जोडिएको यसको विषयवस्तु अग्र्यानिक छ। त्यसमा पनि बालबालिकाको ट्राफिकिङ, बालबालिकाको तस्करी कसरी हुन्छ, सर्कसको नाममा उनीहरुलाई भारतमा कसरी लगिन्छ भन्ने विषयलाई यो फिल्मले असाध्यै संवेदनशीलरुपमा उठाएको छ, कान्तिपुर देनिकका प्रधान सम्पादक चौहानले फिल्मलाई केलाउँदै भने भूकम्प आयो गयो, हाम्रो स्मृतिबाट हरायो। तर, हाम्रो जीवनबाट हराएको छैन। भूकम्पले अहिलेसम्म मान्छेका जीवन हल्लाइरहेको छ। यो फिल्मले पनि हाम्रो जीवन र स्मृतिलाई फेरि हल्लाएको छ। यस्तो फिल्म हाम्रो राज्य संयन्त्रका पोलेसी मेकर र बुद्धिजीविले हेरुन् र यस्ता विषयमा बहस गरुन्।

पूर्व मन्त्रीहरु बुद्धिमान तामाङ, परशुराम तामाङ, राप्रपाका सांसद रोशन कार्की, युवा संघका अध्यक्ष छितिज थेवे, पूर्व राजदूत डा. गणेश योञ्जनका साथ विभिन्न कलाकार तथा फिल्मकर्मीले पनि फिल्मको प्रशंषा गरेका छन्। पूर्व मन्त्री एवम् राप्रपाको नेता बुद्धिमान तामाङले आफूलाई निकै मन परेको रुबी भ्यालीलाई फिल्ममा अत्यन्त सुन्दर रुपमा हेर्न पाउँदा साह्रै आनन्द आएको जनाउँदै फिल्मले राजनीतिक रुपमा धेरै कुरा भन्न खोजेको बताए। पूर्वमन्त्री पर्शुराम तामाङले नीरफूल झट्ट हेर्दा तामाङ समुदायको कथाजस्तो देखिए पनि यसमा मुलुकका धेरै समस्या उठाइएको बताए। युवा नेता क्षितिज थेवेले राज्य प्रणालीको कमजोरी बुनु युवालाई नीरपूmल हेर्न सिफारिस गरे।

गायिका सुनीता दुलालले फिल्मले चसक्क बनाउने र रुवाउने दुवै काम गरेको जनाइन्। नीरपूmलले भूकम्पमा भोग्नुपरेको परिस्थिति, नेपालको भौगोलिक जटिलताका कारण भोग्नुपरेको समस्या, नेपालको सामाजिक, आर्थिक परिस्थिति, प्राकृतिक सुन्दरता र संस्कृतिक पक्ष झल्काएको छ। कथा र निर्देशनमा खोट लगाउने ठाउँ नै छैन। कलाकरहरुको अभिनयले कथालाई जिवन्त बनाएको छ, गायिका दुलालको प्रतिक्रिया छ भूकम्पको परिस्थितिमा जनमानसले भोग्नुपरेको पुरानो घाउले चसक्क पाड्डयो। धेरै ठाउँमा निकै भावुक बनायो त कति ठाउँमा पेट मिचिमिची हसायो। वास्तपिक जीवनको यथार्थमा टेकेर बनाएको राम्रो फिल्मको सफलताको लागि नीरफूल टिमलाई हार्दिक बधाई तथा शुभकामना। अभिनेता गजित विष्टले फिल्ममा निर्देशक वलले निकै सानो सानो कुरामा मेहनत गरेर थुप्रै विषयवस्तुलाई समानरुपमा पस्किएको बताए।

दयाहाङ राई, शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फुर्वालगायतले मुख्य भूमिकामा अभिनय गरेको फिल्ममा पटकथा सचिन घिमिरे र फूलमान बल, संगीत अर्जुन पोखरेल र चन्द्रकुमार दोङ, छायांकन प्रमोद कार्की र सम्पादन निमेश श्रेष्ठको रहेको छ। फिल्मका निर्देशक पूmलमान बलले नीरपूmलबाट पाएको प्रतिक्रियाले आपूmमा थप ऊर्जा मिलेको बताए। उनले यसअघि सर्ट फिल्म सेलफोनको निर्देशन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्