ट्रेलरमै मनपराइयो परस्त्री



फस्ट लुक पोस्टरबाटै चर्चामा आएको फिल्म परस्त्रीको नेपाली ट्रेलर मन पराइएलगत्तै हिन्दी डब टझेलर पनि सार्वजनिक गरिएको छ।

सार्वजनिक दुई मिनेट ४७ सेकेन्ड लामो टझेलरले बिहेपछिको सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा प्रस्तुत गरेको छ। फिल्मको मुख्य कथावस्त बुझाउने र धेरै रहस्य लुकाउने ट्रेलरमा प्रेम, रोमान्स, विश्वास अविश्वास, सम्झौता र त्यागका प्रसंग अटाइएको छ।

आगामी असार १५ गते विदेशसहित अल नेपाल रिलिज हुने तयारीमा रहेको फिल्मको हिन्दी डब ट्रेलर बिफोरयू म्युजिकबाट सार्वजनिक भएको हो। यसको नेपाली टझेलरचाहिँ म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो। नेपाली भर्सनको ट्रेलर सार्वजनिक भएको चार दिनमा झन्डै ८० लाखले हेरिसकेका छन् भने हिन्दी भर्सनको टझेलर करिब पाँच लाखले हेरेका छन्।

दुवै भर्सनको ट्रेलरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ। फिल्मबाट बिशेष गरी अभिनेत्री शिल्पा मास्केको बोल्ड अवतारले चर्चा पाएको छ।

नेपालीसँगै हिन्दी भाषामा भारतका हलमा समेत प्रदर्शन हुने फिल्म नायक सुरज पाण्डेले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशनको फिल्म हो। डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेको निर्माणमा निर्माणाधीन फिल्ममा दीपेन्द्र के खनालको लेखन, निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ भने कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्