ग्रामीण महोत्सवमा झिँगेदाउ उत्कृष्ट



काभ्रेमा सम्पन्न दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा फिल्म झिंगेदाउले उत्कृष्ट फिचर फिल्मको अवार्ड जितेको छ।

सेलिब्रेटी नेपाल प्रतिष्ठानद्वारा भकुण्डेबेसीमा शनिबार सम्पन्न महोत्सवमा फिचर फिल्मतर्पm झिंगेदाउबाटै मुकुन भुसालले अभिनेता, फिल्म प्रकाशले जुरी अवार्ड, प्रकाशबाटै विकास सुवेदीले पटकथा र दीया मास्केले अभिनेत्री, डेसानबाट कमल एक्चै मगरले निर्देशक र चक्र बहादुर महर्जनले छायाँकारको अवार्ड प्राप्त गरे।

त्यसैगरी, हल्काराले उत्कृष्ट डकुमेन्ट्री, कथा एकादेशको लागि दीपक आचार्य सर्ट फिल्म निर्देशक, गुरुङ फिल्म आप्mनै कर्मलाई भाषिक फिल्म, परिवर्तनबाट प्रवण भुसाललाई सर्ट फिल्म अभिनेता, सरिता भारतीलाई सर्ट फिल्म जुरी अवार्ड र डब्बु क्षेत्रीलाई सर्ट फिल्म निर्देशक, चरित्रलाई सर्ट फिल्म र श्रोता आचार्यलाई सर्ट फिल्म अभिनेत्रीको अवार्ड प्रदान गरियो।

महोत्सवको निर्णायकमा फिल्म सम्पादक भरत रेग्मी, नेपाल चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा र कलाकार सुभाष गजुरेल थिए। महोत्सवमा सोही क्षेत्रमा जन्मिएर फिल्म क्षेत्रमा सक्रिय तीन फिल्मकर्मी निर्देशक जनक खकुरेल, अभिनेता राज तिमल्सिना र निर्देशक उत्तमप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो भने फिल्म पत्रकार अशेष अधिकारीलाई नगदसहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।

महोत्सवको अन्तिम दिन शनिवार निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र ओस्कार कलेजका प्रिन्सिपल रामराजा दाहालको मास्टर क्लास लिएका थिए भने अभिनेता मुकुन भुसालले विद्यार्थीसँग फिल्मबारे भलाकुसारी गरेका थिए। आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले महोत्सवलाई आगामी वर्ष पनि निरन्तरता दिइने बताए।

प्रतिक्रिया दिनुहोस्