सिमरामा देववाणी



बाबु साहेब बलामीको निर्देशनमा निर्माणाधीन फिल्म देववाणीको छायांकन शुरु भएको छ। बाराको सिमरामा फिल्मको क्लाईमेक्स दृश्यबाट छायांकन शुरु गरिएको हो।

फिल्मको क्लाइमेक्सको एक्सन दृश्यमा श्री श्रेष्ठको द्वन्द्व छ। क्लाइमेक्स दृश्यमा कुन्दन भारद्वाज, रवीन्द्र झा, सुनिल थापा, मौसम पौडेल र अनुजा लेप्चा सहभागी थिए। मौसम फिल्म्स् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माणाधिन फिल्म सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा खिचिने जनाइएको छ।

फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनील थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी, मौसम पौडेलले अभिनय गर्नेछन्। मौसम पौडेलको प्रस्तुति तथा मिना खड्का र हीराबहादुर लेप्चाको निर्माणमा बनिरहेको फिल्ममा निराजन मेहता मन्जिलको कथा, मनोहर सुनामको संगीत, तेञ्जु योञ्जनको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व र हरिबहादुर घलेको छायांकन रहनेछ। महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्म नेपाली र हिन्दी भाषामा निर्माण हुन जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्