ग्लोबल अवार्ड न्युयोर्कमा हुने



चलचित्र गाउँदेखि विश्वसम्म भन्ने नाराका साथ अमेरिकामा हुँदै आएको ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण आगामी अगस्ट १२ तारिखमा न्युयोर्कमा हुने भएको छ।

अवार्डको छैटौं संस्करणको होस्ट अर्गनाइजर डिझम्स युनिभर्सल एलएलसि न्युयोर्क रहनेछ भने आयोजकको रुपमा नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रुपमा अवार्ड कार्यक्रम आयोजना गर्ने अवार्डका संरक्षक तथा नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले जानकारी गराए। विदेशमा नेपाली फिल्मको प्रवद्र्धन गर्न अमेरिकामा अवार्ड आयोजना हुँदै आएको डिझम्स युनिभर्सल एलएलसी न्युयोर्कका अध्यक्ष शैलेश श्रेष्ठले बताए। अवार्ड कार्यक्रमका लागि फिल्म छनोट समिति गठन भइसकेको र धमाधम फिल्म छनोट भइरहेको अवार्डका प्रेस संयोजक सूर्य चन्दले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्