विपना थापा युग नायिका



आप्mनो जमानकी हिट नायिका विपना थापालाई युग नायिकाको उपाधिबाट सम्मान गरिएको छ। टच इन्टरटेन्मेन्ट एन्ड स्पर्श फिल्म्स्, पेजेन्ट नेपाल इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेज्मेन्टद्वारा शनिबार राजधानीमा सम्पन्न तेस्रो स्पर्श म्युजिक भिडियो अवार्डमा नायिका थापालाई युग नायिकाको उपाधिबाट सम्मान गरिएको हो।

बिहेबारीपछि भारतको बृन्दावनमा बस्दै आएकी नायिका थापाले सन्तान हुर्काउनेलगायतका पारिवारिक दायित्व पूरा गरिसकेकाले अब पुनः फिल्म क्षेत्रमा सक्रिय हुन चाहेको बताइन्। केही समयदेखि काम विशेषले नयाँ दिल्लीमा रहँदै आएकी थापा लामो समयको अन्तरालपश्चात् ह्रस्वदीर्घ नामक फिल्ममा काम गर्दैछिन्। उनले म्युजिक भिडियोमा समेत काम गर्ने जानकारी जनँएकी छन् भने राम्रो फिल्मको प्रस्ताव आए स्वीकार्ने बताएकी छन्।

सो अवसरमा नृत्य निर्देशक राजु शाहलाई लिजेन्ड्री सिने कोरियोग्राफर तथा मिलन चाम्स र रेनशा वान्तवा राईलाई पपुलर सिनेमा डाइरेक्टको अवार्ड प्रदान गरियो। त्यसैगरी, मोडल तथा कोरियोग्राफर नरेशवीर सिंह, अभिनेता युब केसी र गोपाल ढकाल छन्देु, गीतकार निर्मला राई परिवेश, शान्ति खत्री, मोडल अंकितकुमार अधिकारी, नरेशजंग कार्की, विपिन खड्का र गायक पुष्पराज तिमिल्सिनालाई सम्मानित गरिएको थियो।

समारोहमा अघिल्लो वर्षका उत्कृष्ट म्युजिक भिडियो तथा तीनका स्रष्टालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो। कार्यक्रममा युग नायिकाबाट सम्मानित नायिका विपना थापाको सम्मानमा दिक्पाल कार्की, यशराज गरच र नम्रता सापकोटाले नृत्य प्रस्तुत गरेका थिए भने विपनाले पनि आप्mनो हिट नम्बर आगो लाग्यो दिलैमामा शानदार नृत्य प्रस्तुत गरेकी थिइन्। त्यसैगरी, ऋचा थापा, प्रनिमा दाहाल, प्रवीणा श्रेष्ठ, दावा तामाङ, प्रशान्त मगर, आश्रिया थापा, आरोन श्रेष्ठ, सुहान पुन, मीमिक राना मगर, दीपशन चिलुवाल, इस्लिया गुरुङले विशेष प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्