अदिती अमेजन प्राइमको वेब सिरिजमा



नायिका अदिती बुढाथोकी भारतमा समेत आफ्नो अभिनय यात्रामा सक्रिय छिन्।

करियरको दोस्रो फिल्म बाबरीपछि अहिले भारतमै रहेकी अदितीले म्युजिक भिडियोसँगै वेब सिरिजका काम गरिरहेकी छन्। यसै क्रममा म्युजिक वेब सिरिज सिजन १ मा उनी मुख्य अभिनेत्रीको रुपमा काम गरिरहेकी छिन्। नितिन गावडेको निर्देशनमा निर्माणाधीन म्युजिक वेब सिरिजमा अदितीले सिजन १ देखि सिजन ३ सम्म काम गर्ने छिन्। अमेजन प्राइमबाट रिलिज हुने वेब सिरिजको सिनेमाटोग्राफर विनोद प्रधान रहेका छन्।

यता नेपालमा भने अदितिको होम प्रोडक्सन बाबरी प्रोडक्सनबाट नयाँ फिल्मको निर्माणको तयारी पनि भइरहेको छ। बाबरी रिलिज नहुँदै निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ फिल्मको घोषणा गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्