३३ दिनमा सकियो नांगो गाउँ



दीपेन्द्र लामाको लेखन र निर्देशनमा निर्माणाधीन फिल्म नाँगो गाउँको छायांकन ३३ दिनमा सकिएको छ।

निर्देशक लामाले ३३ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको र अब पोस्ट प्रोडक्सनमा लाग्ने बताएका छन्। यो फिल्मको छायांकन काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको थियो। मनीषमा फिल्म्स्को ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाइ जोशी, निमा पाण्डे, विशाल पहाडीलगायतका कलाकारले अभिनय गरेका छन्।

छायाँकन सकिएसँगै यसको निर्माण पक्षले नायक दयाहाङ राईको तस्वीरसमेत सार्वजनिक गरेको छ। जसमा दयाहाङको नेता अवतार देख्न सकिन्छ। हिमाल शर्माको प्रस्तुतिमा तयार निर्माणाधीन फिल्ममा जय श्रेष्ठको निर्माणमा बनिरहको छ। फिल्म भदौ २९ गतेबाट रिलिज गर्ने निर्माण पक्षले जनाएको छ।

फिल्मलाई लिएर देश तथा विदेशमा रहेका दर्शकमा प्रतीक्षा छ। जसका कारण फिल्मको विदेश राइट्स बिक्री भइरहेको छ। निर्देशक लामाले निर्देशन गरेको २ नम्बरी फिल्म गत वर्ष सुपरहिट भएको थियो। यस्तै, यो वर्ष आयोजना भएको सिने सर्कल अवार्डमा निर्देशक लामाले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका थिए। आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा आलोक शुक्लाको छायांकन र बनीष शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्