सरकारको नीति तथा कार्यक्रममा कला र फिल्म क्षेत्र



प्रतिलिपि अधिकार ऐन स्रष्टामैत्री बनाइने ऐतिहासिक फिल्म, वृत्तचित्र र स्वदेशी फिल्मलाई प्राथमिकता फिल्म छायांकनमा प्रवद्र्धन
बनेपाको इनडोर स्टुडियो निर्माणमा तीव्रता

सरकारले यसपटकको नीति तथा कार्यक्रममा कला र फिल्म क्षेत्रलाई थारै भए पनि समेट्ने प्रयास गरेको छ।

शुक्रबार राष्टझपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा कला र फिल्म क्षेत्रलाई थोरै भए पनि समेटेका हुन्। यसअनुसार सरकारले प्रतिलिपि अधिकार ऐन २०५९ लाई स्रष्टामैत्री हुने गरी परिमार्जन गर्ने भएको छ। त्यसैगरी, समाज रुपान्तरणका लागि संघर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित ऐतिहासिक फिल्म, वृत्तचित्र तथा स्वदेशी फिल्म निर्माणलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय फिल्म छायांकनका लागि नेपालका प्रमुख आकर्षक स्थललाई प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा दोहोड्डयाइएको छ। अघिल्ला वर्षका नीति तथा कार्यक्रममा समावेश हुँदै आएको यो बुँदालाई यसपटक पनि दोहोर्याइएको हो। केही वर्षदेखि अन्तर्राष्ट्रिय फिल्म छायांकनका लागि नेपालका प्रमुख आकर्षक स्थललाई प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिँदै आए पनि यसमा ठोस कदम चालेको भने पाइएको छैन। नीति तथा कार्यक्रमा अन्तर्राष्ट्रियस्तरमा नेपालको भूगोल, कला, साहित्य, भाषा, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्न योगदान पुर्याउने विदेशी नागरिकलाई सगरमाथा विशेष सम्मान प्रदान गर्ने निर्णय पनि समेटिएको छ। ञअन्तर्राष्टिझय चलचित्र छायांकनका लागि नेपालका प्रमुख आकर्षक ठाउँहरुलाई प्रवद्र्धन गरिने छ। अन्तर्राष्ट्रिय स्तरमा चलचित्रका लोकप्रिय व्यक्तिहरुलाई आमन्त्रण गरी पर्यटन क्षेत्रको प्रवद्र्धन गरिनेछ, नीति तथा कार्यक्रम वाचन गर्दै राष्टझपछि पौडेलले भने ञअन्तर्राष्ट्रिय भूमिमा नेपालको कला साहित्य भाषा, संस्कृति, पर्यटनको प्रवद्र्धनमा उत्कृष्ट सहयोग पुयाउने विदेशी नागरिकलाई निजी क्षेत्रसँगको सहकार्यमा सगरमाथा विशेष सम्मान प्रदान गरिनेछ।

त्यसैगरी, काभ्रेको बनेपामा बन्न लागेको अत्याधुनिक इनडोर स्टुडियोको निर्माणलाई तीव्रता दिने बुँदालाई यसपटक पनि दोहोड्डयाइएको छ।

प्रतिक्रिया दिनुहोस्