नेवाः सुपरस्टार सिरपा सम्पन्न



नेपाल भाषा फिल्म निर्माणको ४ दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम नेवाः सुपरस्टार सिरपा सम्पन्न भएको छ।

ग्लोबल नेवाः नेटवर्कले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ सुरज व्यन्जनकार, रानु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रुपेन्द्र श्रेष्ठ विजेता घोषित भएका छन्। त्यस्तै महिलातर्फ हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णश्वरी श्रेष्ठ र रजनी खड्गी विजेता भएका छन्।

२०७७ सालमा छनोट भएका प्रतिस्पर्धीमध्येका विजेतालाई कार्यक्रममा प्रमूख अतिथी ख्यातिप्रँप्त हास्यब्यग्य अभिनेता मदनकृष्ण श्रेष्ठले पुरस्कार प्रदान गरे। कार्यक्रममा विभिन्न कलाकारले नृत्य प्रस्तुत गरेका थिए।

त्यस्तै विभिन्न गायकगायिकाले नेपाल भाषाका गीत प्रस्तुत गरेका थिए। कार्यक्रम नेटवर्कका संस्थापक अध्यक्ष सुनीलकुमार शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्