नेफ्टा अवार्डमा छक्का पञ्जा ४ सर्वाधिक धेरै मनोनयनमा



फेम नेपाल, यूएस खबर र आर्यन फिल्म्स्को सहकार्यमा नेपाल चलचित्र प्राविधिक संघ (नेप्mटा) को आयोजनामा आगामी साउन ६ गते अमेरिकाको टेक्सासमा हुने ११औं नेफ्टा फिल्म अवार्डअन्र्तगतको उत्कृष्ट पाँच मनोनयन सूची घोषणा भएको छ।

आइतबार राजधानीको सोल्टीमोडस्थित पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा आयोजित एक समारोहबीच अमेरिकी संस्करणको नेप्mटा अवार्डको मनोनयन सूची घोषणा गरिएको हो। समारोहमा प्रमुख अतिथि उपराष्टझपति रामसहायप्रसाद यादवलगायतले २५ विधामा मनोयन सूचीमा पर्ने फिल्मकर्मीलाई प्रमाणपत्र प्रदान गरे। यस संस्करणमा छक्कापञ्जा ४, कबड्डी ४, ऐना झ्यालको पुतली र फूलबारीको वर्चश्व देखिएको छ। अवार्डमा छक्कापञ्जा ४ उत्कृष्ट फिल्मसहित सर्वाधिक धेरै १५ विधाको मनोयनमा परेका छ। त्यसैगरी, कबड्डी ४ र ऐना झ्यालको पुतली ११/११ विधाको मनोनयनमा परेका छन् भने फूलबारी ९ विधाको मनोनयनमा परेको छ।

अवार्डमा कबड्डी ४, छक्कापञ्जा ४, ऐना झ्यालको पुतली, द सेक्रेट्स अफ राधा र चिसो मान्छे नामका फिल्म सर्वश्रेष्ठ फिल्मको मनोनयमा परेका छन् भने कबड्डी ४ बाट रामबाबु गुरुङ, छक्कापञ्जा ४ बाट हेमराज बीसी, द सेक्रेट्स अफ राधाबाट सुवर्ण थापा, चिसो मान्छेबाट दीपेन्द्र के खनाल र झिंगेदाउबाट ज्ञानेन्द्र देउजा निर्देशक, ऐना झ्यालको पुतलीबाट सुजित बिडारी, पानी फोटोबाट खगेन्द्र लामिछाने, लक्का जवानबाट शिवहरि पौडेल, प्रेमगञ्जबाट परिच्छेद सेन र नालापानीबाट रिमेश अधिकारी नव–निर्देशक, फूलबारीबाट विपिन कार्की, कबड्डी ४ बाट दयाहाध्र राई, छक्कापञ्जा–४ बाट दीपकराज गिरी, ए मेरो हजुर–४ बाट अनमोल केसी र प्रकाशबाट प्रदीप खड्का अभिनेता, फूलबारीबाट अरुणा कार्की, चिसो मान्छेबाट स्वस्तिमा खड्का, पानीफोटोबाट मेनुका प्रधान, द सेक्रेट्स अफ राधाबाट सृष्टि श्रेष्ठ र कबड्डी–४ बाट मिरुना मगर अभिनेत्री, ए मेरो हजुर–४ बाट रवि गिरी, द सेक्रेट्स अफ राधाबाट खगेन्द्र लामिछाने, छक्का पञ्जा–४ बाट केदार घिमिरे, कबडडी–४ बाट सौगात मल्ल र फूलबारीबाट दयाहाध्र राई सह–अभिनेता, प्रकाशबाट दीया मास्के, झिंगेदाउबाट हिउँवाला गौतम, ऐना झ्यालको पुतलीबाट सिरु विष्ट, प्रेमगीत ३ बाट लक्ष्मी बर्देवा र छक्कापञ्जा ४ बाट दीपाश्री निरौला सह–अभिनेत्री, नालापानीबाट सुशील खड्का, झिंगेदाउबाट कुशल विष्ट, डेसानबाट निशान चौहान, ऐना झ्यालको पुतलीबाट दिनेश खत्री र प्रेमगञ्जबाट राइडर प्रसन नव अभिनेता तथा प्रेमगीत–३ बाट कृष्टिना गुरुङ, ऐना झ्यालको पुतलीबाट कन्चन चिमरिया, लाखेबाट रक्षा बुढाथोकी, प्रेमगञ्जबाट सुप्रिया खनाल र कबड्डी ४ बाट गौमाया गुरुङ नवअभिनेत्रीको मनोनयमा परेका छन्।

त्यसैगरी, ऐना झ्यालको पुतलीबाट सुजित बिडारी, द सेक्रेट्स अफ राधाबाट सुवर्ण थापा, नालापानीबाट रिमेश अधिकारी र कृष्ण आचार्य, कबड्डी ४ बाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बा तथा फूलबारीबाट उपेन्द्र सुब्बा पटकथा, द सेक्रेट्स अफ राधाबाट रजन राना, ऐना झ्यालको पुतलीबाट राजेन्द्र मोक्तान, ए मेरो हजुर ४ बाट राजेन्द्र मोक्तान, छक्का पन्जा ४ बाट कपिल पराजुली र कबड्डी ४ बाट अर्जुन कार्की रङ संयोजन, नालापानीबाट अच्युत गजुरेल, प्रेमगीत ३ बाट गड रेज पिक्चर्स, झिगेदाउबाट द पिक स्टुडियो, प्रेमगन्जबाट समिर मिया तथा ए मेरो हजुर ४ बाट सत्यम राना र अच्युत बजगाईं भीएफएक्स, छक्का पन्जा ४ र द सेक्रेट्स अफ राधाबाट नरेन्द्र मैनाली, ए मेरो हजुर ४ बाट सञ्जय लामा, ऐना झ्यालको पुतलीबाट अमर महर्जन र प्रकाशबाट राजेश श्रेष्ठ छायांकार, नालापानीबाट विपिन मल्ल, ऐना झ्यालको पुतलीबाट किरण श्रेष्ठ, द सेक्रेट्स अफ राधाबाट निमेष श्रेष्ठ र विपीन मल्ल तथा कबड्डी ४ र छक्का पन्जा ४ बाट निमेष श्रेष्ठ सम्पादन, ए मेरो हजुर ४ बाट शैलेश श्रेष्ठ, ऐना झ्यालको पुतलीबाट संगम पन्त, छक्का पन्जा ४ बाट सुजिल कर्माचार्य, कबड्डी ४ र फूलबारीबाट रोहित शाक्य र शैलेश श्रेष्ठ पाश्र्व ध्वनि, फूलबारी र लाखेबाट उत्तम न्यौपाने, छक्का पन्जा ४ बाट सुनयमान श्रेष्ठ तथा ए मेरो हजुर ४ र मन्त्रबाट अमित श्रेष्ठ ध्वनि मिश्रण, झिगेदाऊ र नालापानीबाट रोशन श्रेष्ठ, प्रेमगीत ३ बाट हिमाल केसी, लाखेबाट सम्राट बस्नेत तथा सोल अफ द कमान्डोबाट एनबी महर्जन र कुमार महर्जन द्वन्द्व निर्देशक, प्रकाशबाट आशिका शर्मा, ऐना झ्यालको पुतलीबाट कला संग्रौला, प्रेमगीत ३ बाट विनोद कडायत, नालापानीबाट कृष्ण राई र उद्धवराज भद्मराई तथा मन्त्रबाट पासाङ टी शर्मा कला निर्देशक, द सेक्रेट्स अफ राधाबाट सुजनरत्न परियार, चिसो मान्छेबाट बिनिता कडायत, ऐना झ्यालको पुतलीबाट जानकी कडायत, नालापानीबाट कमलप्रसाद मिश्र र छक्का पन्जा ४ बाट सुनिता श्रेष्ठ वेशभूषा, द सेक्रेट अफ राधाबाट शमशेर लामा र झरना राई, चिसो मान्छेबाट शमशेर लामा, नालापानीबाट रवि केसी र निशा लामा, ए मेरो हजुर ४ बाट मनोज तामाङ र काव्या थापा तथा छक्का पन्जा ४ बाट श्रद्धा मास्के र सरस्वती श्रेष्ठ श्रृंगार तथा केश विन्यासको मनोनयनमा छन्।

त्यस्तै, झिगेदाउको आमाको मनबाट प्रमोद ढुंगाना, प्रेमगन्जको फेरी भेट होला नहोलाबाट डा. कृष्णहरि बराल, नालापानीको आज युद्ध शिरमा छबाट सुजिल कर्माचार्य, छक्का पन्जा ४ को सिरुपाते जुगामाबाट शंकर अधिकारी घायल र फूलबारीको उड उड चरी उडबाट कालीप्रसाद बासकोटा गीतकार, फूलबारीको उड उड चरी उडबाट कालीप्रसाद बासकोटा र अनुपम शर्मा, कबड्डी ४ को आँखामा सपना केशरीबाट एसडी योगी, छक्का पन्जा ४ को सिरुपाते जुंगामाबाट बाब©ल गिरी, प्रेमगञ्जको फेरि भेट होेला नहोलाबाट गैरे सुरेश र कृष्णलीलाको कुनै दिन यस्तोबाट अर्जुन पोखरेल संगीतकार, फूलबारीको उड उड चरी उडबाट कालीप्रसाद बासकोटा, कबड्डी ४ को आँखामा सपना केसरीबाट एसडी योगी, छक्का पन्जा ४ को सिरुपाते जुँगामाबाट बाब©ल गिरी, बाबरीको बाबरी रंगमा रंगिएरबाट अनमोल गुरुङ र कृष्णलीलाको कुनै दिन यस्तोबाट अर्जुन पोखरेल गायक, कृष्ण लिलाको कुनै दिन यस्तोबाट अञ्जु पन्त, प्रेमगञ्जको फेरी भेट होला नहोलाबाट स्वस्किा ठकुरी, बाबरीको बाबरी रंगमा रंगिएरबाट अस्मिता अधिकारी, ह्यारी की प्यारीको मीठो मीठो मनभित्रबाट देवाञ्जली बी जोशी, प्रेमगीत ३ को हर युग होसबाट प्रविशा अधिकारी गायिकाको मनोनयमा परेका छन् भने नृत्य निर्देशकको एउटै विधामा कविराज गहतराज चार फिल्मबाट मनोनयनमा छन्। उनी छक्का पन्जा ४ को घिन घिन ताङ, हिजो आजको कुराको माया जदौ, लक्का जवानको मन त सधै लक्का जवान र प्रेमगीत ३ को हात्ती ढुंगामा गरी चार फिल्मबाट मनोयनमा परेका छन् भने झिंगेदाउको आगो बिना बिडी जल्दैनबाट रामजी लामिछाने मनोनयनमा छन्।

समारोहमा प्रमुख अतिथि उपराष्टझपति रामसहायप्रसाद यादवले गणतन्त्रपछि नेपाली फिल्मले देश तथा विदेशमा फैलने अवसर पाएको चर्चा गर्दै धर्मनिरपेक्षा, संघीयता र समावेशिताजस्ता संवैधानिक व्यवस्थाको प्रवद्र्धनमा पनि फिल्मले उल्लेखनीय योगदान दिएको बताए। उनले नेपाललाई अन्तर्राष्टिझय छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्नुपर्ने खाँचो औंल्याउँदै यसका लागि सबैको सामूहिक प्रयत्न जरुरी हुने बताए। आयोजक संघका अध्यक्ष प्रेम बोम्जन (पुष्कर लामा) ले नेपाली फिल्मलाई विदेशी बजार र डायस्पोरामा फैलाउने मुख्य उद्देश्यले अवार्ड गर्न लागिएको बताए।

प्रतिक्रिया दिनुहोस्