हरिवंश र केकी उत्कृष्ट



तीन वर्षको एलजी सिने सर्कल अवार्ड राजधानीमा शुक्रबार एकसाथ प्रदान गरिएको छ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित समारोहमा हरिवंश आचार्य र केकी अधिकारीलाई उत्कृष्ट अभिनेता र अभिनेत्री तथा महापुरुष, आमा र गोपीलाई उत्कृष्ट फिल्मको अवार्ड प्रदान गरिएको छ। अभिनेता आचार्य महापुरुष र अभिनेत्री अधिकारीले झिँगेदाउबाट वर्ष २०७९ को उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड पाएका हुन्।

समारोहमा २०७७ देखि ०७९ सालसम्मका फिल्मका विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। उपराष्टझपति रामसहाय यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चार दशकदेखि श्रृंगार कलामार्पmत फिल्म क्षेत्रमा योगदान पुर्याउँदै आएका मेकअपम्यान सन्तु तामाङ र कुक कुलबहादुर महत (जेठा दाइ) लाई जनही ५१ हजार रुपियाँसहित दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको थियो। त्यसैगरी फिल्म निर्माणको धार परिवर्तनका लागि लुटका निर्देशक निश्चल बस्नेतलाई, विदेशमा नेपाली फिल्म प्रदर्शनका लागि प्रेमगीत ३ का निर्देशक सन्तोष सेन र सर्वाधिक सफल फिल्मका लागि छक्का पन्जाका दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलालाई टझेन सेट अवार्ड प्रदान गरियो भने क्याराभानका निर्देशक इरिक भ्यालीलाई विशेष अवार्ड प्रदान गरियो।

समरोहमा वर्ष २०७७ का लागि गोपीले उत्कृष्ट फिल्मको अवार्ड पायो भने धेरैजसो अवार्ड यसै फिल्मलाई गयो। यो फिल्मबाट दीपेन्द्र लामाले निर्देशक र विपिन कार्की अभिनेताको अवार्ड पनि उचाले। गोपीबाटै दीपेन्द्र लामा र सामिप्यराज तिमिल्सिना पटकथा विधाको अवार्ड विजेता भए भने बुलबुलबाट स्वस्तिमा खड्का अभिनेत्री, छिरिध्रबाट मानकृष्ण महर्जन छायांकार र साइलीबाट निमेष श्रेष्ठ सम्पादक विधाको अवार्ड विजेता भए।

त्यसैगरी, २०७८ का लागि आमा उत्कृष्ट फिल्म ठहरियो भने यो वर्षको अधिकांश अवार्ड पनि यही फिल्मलाई गएको छ। आमाबाट दीपेन्द्र के खनाल निर्देशक र पटकथा लेखक, सुरक्षा पन्त अभिनेत्री र दीर्घ खड्का सम्पादक विधाको अवार्ड विजेता बने। ०७८ का लागि कबड्डी ३ बाट दयाहाध्र राई अभिनेता, म यस्तो गीत गाउँछुबाट पल शाह र पूजा शर्मा युगल जोडी तथा प्रेम गीतबाट सौरभ लामा छायांकारको अवार्ड विजेता भए।

त्यस्तै, २०७९ का लागि महापुरुष वर्षको उत्कृष्ठ फिल्म ठहरियो भने यही फिल्मबाट प्रदीप भद्मराई निर्देशक र हरिवंश आचार्य अभिनेताको अवार्ड विजेता भए भने झिंगेदाउबाट केकी अधिकारी अभिनेत्री, सर्वोत्कृष्ट बाबरीबाट धिरज मगर र अदिती बुढाथोकी युगल जोडी, प्रेमगीत ३ बाट राजेश श्रेष्ठ गीतकार, छक्का पञ्जा ४ बाट दीपक शर्मा संगीतकार, हिजोआजका कुराबाट रामकृष्ण ढकाल पाश्र्व गायक, बाबरीबाट अस्मिता अधिकारी पाश्र्व गायिका, छक्का पञ्जा ४ बाट कविराज गहतराज कोरियोग्राफर, नालापानीबाट रोशन श्रेष्ठ एक्सन कोअडिनेटर, झिंगेदाउबाट विष्णु कल्पित छायांकार, प्रेम गीत २ बाट मनीष शाह र भूपेन्द्र अधिकारी सम्पादक, लाखेबाट विश्व घिसिध्र स्टन्ट र प्रकाशबाट जीवन थापा टझेलरको अवार्ड विजेता भए।

समारोहमा फिल्म प्रकाशबाट अभिनेता प्रदीप खड्का र अभिनेत्री दीया मास्केलाई क्रिटिक्स अवार्ड प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्