पोखरामा ब्रह्माण्डको इन्डक्ल्याप



कान्तिपुर फिल्म एकेडेमीको निर्माणमा पोखरामा सुटिङ भइरहेको सिरिज ब्रह्माण्डको फस्ट सिजनको फस्ट सेड्युलको इन्डक्ल्याप भएको छ।

क्यामेरा अन भएको २५औं दिनमा पहिलो सेड्युलको सुटिङ सकिएको कान्तिपुर फिल्म एकेडेमीका सीईओ तथा ब्रह्माण्डका क्रियटिभ प्रोड्युर प्रकाश पुरीले जानकारी गराए। उनका अनुसार ब्रह्माण्ड आठ एपिसोडको हुनेछ र यसको फुल लेन्थ ८ घण्टा हुनेछ। सिरिजमा अर्पण थापा, सुनील थापा, निशा अधिकारी, भोलाराज सापकोटा, माओत्से गुरुङ, राजन खतिवडा, सरिता गिरी, विशाल पहारी, सुरज विष्टलगायतका कलाकारले अभिनय गरेका छन्।

यसै सिरिजबाट सञ्जय ढुंगाना र सुप्रज्ञा शर्माले डेब्यु पाएका छन्। रियाज नाटककारको लेखन तथा निर्देशन रहेको ब्रह्माण्डमा डीओपी पुरुषोत्तम प्रधान र सिनेम्याटोग्राफी शेर बहादुर तामाङको रहेको छ भने यसका कार्यकारी निर्माता सागरराज आचार्य हुन्। ब्रह्माण्डलाई नेपाली, हिन्दी र अंग्रेजी भाषामा ओटीटी प्लाटफर्ममा रिलिज गरिने निर्माण संस्थाले जनाएको छ। पछिल्लो समय दर्शकको टेस्ट र ओटीटीका सिरिजप्रतिको आकर्षणलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय मापदण्डको सिरिज बनाउने कोसिस गरिएको छ, पुरीले भने।

प्रतिक्रिया दिनुहोस्