थ्रिलर प्रेम कथामा ह्यासट्याग माया



मायाप्रेमको कथामा ह्यासट्याग माया नामक फिल्मको निर्माण हुने भएको छ।

फिल्मको निर्माण कार्य शुरु गर्दै हालै बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा फिल्मको मुहूर्त गरिएको छ। राजीव गुरुङको निर्देशनमा बन्ने फिल्ममा सारुक ताम्राकार, नम्रता श्रेष्ठ, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायतले अभिनय गर्नेछन्।

फिल्मको निर्माण समूहले पूजाआजा गरी फिल्मको छायांकन आगामी साताबाट शुरु गरिने जानकारी दिएको छ। निर्देशक गुरुङका अनुसार फिल्मको छायांकन काठमाडौंबाट शुरु भई पोखरा, बर्दिया हुँदै धरानमा सकिने जानकारी गराएका छन्। ४५ दिनको सेड्युल तय गरेर छायांकन शुरु गर्दैछौंँ। थ्रिलर विधामा निर्माण हुने फिल्ममा प्रेमकथा हुनेछु, निर्देशक गुरुङले जानकारी गराए। विदेशबाट फिल्मसम्बन्धी अध्यन गरेर फर्केका गुरुङले फिल्म निर्देशन गर्न लागेका हुन्।

शर्मिला थापाको निर्माणमा निर्माणाधीन फिल्ममा अभिनेत्री श्रेष्ठ शीर्ष भूमिकामा हुने छिन्। उनले एरियल योगा इन्स्टक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी छन्। ञनिर्माण समूहको मेहनत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ। यो फिल्मलाई लिएर उत्साहित छु। केही नयाँँ गर्ने प्रयास गर्दैछौं, अभिनेत्री श्रेष्ठले भनिन्।

फिल्ममा निर्देशक गुरुङका साथमा आशुतोष श्रेष्ठको लेखन, उज्ज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहनेछ। फिल्ममा अनुप पौडेल कार्यकारी निर्माता, अर्जुन न्यौपाने कास्टिङ निर्देशक तथा अरुण रेग्मी र दीलिप पन्त प्रोडक्सन म्यानेजर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्