डाकिनी नेपाली हलमा आउँदै



विश्वका थुप्रै फिल्म फेस्टिभलमा सहभागी भइसकेपछि फिल्म डाकिनी अब नेपाली बजारमा आउने भएको छ। टलकजंग भर्सेस टुल्के, जात्रा र महापुरुषजस्ता फिल्मको निर्माता कम्पनी षट्कोण आर्टस्ले यो फिल्म आगामी जेठ ५ गते नेपाली हलमा रिलिज गर्न लागेको हो।

अंग्रेजीमा लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्टाच नाम दिइएको यो फिल्मको नेपाली नाम डाकिनी हो। बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी) का प्रशस्तै मिथक र दन्त्यकथा छन्। यो फिल्म पनि यस्तै देवीको खोजीको कथा हो, जसले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ।

निर्माताद्वय रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले फिल्म सीमित मल्टिप्लेक्स हलमा रिलिज गर्न लागेका हुन्। रिलिजकै दिनमा पहिलो शोसहित फिल्मको ग्रान्ड प्रिमियर आयोजना गरिने भएको छ। जसको आकर्षण बन्नेछन् यस फिल्मका निर्देशक समेत रहेका खिन्से नोर्बु (जोध्रसार खिन्से रिम्पोछे)। उनी बौद्ध धर्मका ठूला गुरुसमेत हुन्। गुरु रिम्पोछेको यो पाँचांै फिल्म हो। रिलिजको पूर्वसन्ध्यामा रिम्पोछे अमेरिकादेखि नेपाल आउँदैछन्। जेठ ६ गते शनिबार मूभी लभर्स ग्रुपले पनि यसको विशेष प्रदर्शन गर्दैछ। स्वयम रिम्पोछेले पर्यटन बोर्डमा ब्युटी इज अ ट्रयाप (सुन्दरता एउटा जाल हो) विषयमा मास्टरक्लास पनि सञ्चालन गर्दै छन्। तिब्बती मूलका यी भुटानी रिम्पोछेको नेपाल नाता पुरानो छ। उनले बौद्धको एक गुम्बामा पढेका हुन्। आइतबार बौद्धस्थित लिच्छवी हाउसमा बुद्ध र भिखारी नाटक समेत मञ्चन हुनेछ।

फिल्मको सबै सुटिङ पनौती र पाटनमा भएको थियो। यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषा प्रयोग गरिएको छ। फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिध्र तासी र अमेरिकाबाट आएकी तेन्जिध्र कुन्सेलले अभिनय गरेका छन्। कर्मा, दिव्यदेव, रवीन्द्रसिंह बानिया™लगायतका नेपाली कलाकारले समेत यसमा अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्