नयाँ कलाकारका साथ सानीमाया बन्ने



८८४८ इन्टरटेनमेन्ट प्रालिको प्रस्तुति तथा धिमाल फिल्म्स्को निर्माणमा बन्ने फिल्म सानीमायाको राजधानीमा आयोजित एक समारोहबीच हालै शुभ मुहूर्त गरिएको छ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले फिल्मको मुहूर्त गर्दै फिल्म बनाउनु ठूलो कुरा नभएको, तर राम्रो फिल्म बनाउनु चुनौतीपूर्ण रहेको बताए। फिल्मका लेखक एवम् निर्देशक देव धिमालले फिल्ममा धेरै नयाँ अनुहार भएको र नयाँ अनुहारले पनि गर्न सक्छन् भन्ने उदाहरण फिल्मले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे। नयाँबाटै पुरानो हुने हो। पुराना र नयाँ कलाकारको संयोजनले फिल्म सफल हुने विश्वास मेरो छु धिमालले भने।

राज चौधरीले निर्माण गर्ने फिल्ममा रामचन्द्र अधिकारी, शारदा गिरी, सावित्रा चिलवाल, राजकुमार शाह, अर्जुन थापा, स्वेच्छा ढकाल, प्रियंका श्रेष्ठ, अभिषेक फुयाँल, कृष्णप्रसाद धिताललगायतका कलाकारले अभिनय गर्नेछन्। आगामी जेठको दोस्रो हप्ताबाट सुटिङ हुने फिल्मको मुर्हूत कार्यक्रममा नेपाल चलचित्र कलाकार सघंका अध्यक्ष मोहन निरौला र महासचिव सविन श्रेष्ठ, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, ओएसआर डिजिटलका प्रोप्राइटर आमे प्रकाश अग्रवाललगायतका निर्माणाधीन फिल्म सानीमाया र फिल्म क्षेत्रका विविध पक्षबारे चर्चा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्