लोक नृत्य देखाउन र सिकाउनका लागि खुल्यो सांग्रिला भाइब्स



नृत्य निर्देशक, फिल्म निर्देशक तथा निर्माता राजु शाहले लोक कला संस्कृतिको प्रशिक्ष्ँण, प्रदर्शन, जर्गेना तथा पर्यटन क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यले सांग्रिला भाइब्स नामक प्रशिक्षण तथा प्रदर्शन केन्द्र सञ्चालनमा ल्याएका छन्।

बुधबार संस्कृृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री संशीला श्रीपाइली ठकुरीको प्रमुख आतिथ्यतामा ज्याठा ठमेलरोडस्थित उक्त प्रशिक्षण तथा प्रदर्शन केन्द्रको शुभारम्भ गरिएको हो। समारोहमा बोल्दै लोक नृत्य तथा संस्कृतिको संरक्षण प्रशिक्षण तथा प्रदर्शन गर्ने कार्य राज्यकै दायित्व भएकाले प्रशिक्ष्ँण केन्द्रलाई सहयोग गर्ने राज्यमन्त्री सिर्पाइलीले बताइन्। समारोहमा बोल्दै निर्देशक शाहले आफूले करिव चार दशकदेखि कला क्षेत्रमा लागेर लोक नृत्य सिकाउँदै अँए पनि पछिल्लो समय लोक नृत्य गर्ने शैली र यसप्रति मानिसको बुझाइ परिवर्तन भएकाले मौलिक नेपाली लोक नृत्यलाई प्रशिक्षण, प्रवद्र्धन तथा प्रदर्शन गर्ने हिसाबले केन्द्रको सुरुवात गरेको बताए। ञहाम्रो लोक नृत्यको आफ्नै मौलिक स्टेप छन्। यसको आफ्नै शैली हुन्छ।

हरेक नृत्यको आफ्नै भेषभूषा तथा मुभमेन्ट हुन्छ। तर, पछिल्लो समय लोक नृत्यमा विकृति फैलिएको अनुभव गरेको छु। पछिल्लो समय लोक नृत्यमा भरत नाट्यको क्लासिकल मुभमेन्ट पनि हालेको पाइन्छ भने अन्य विभिन्न शैली अपनाएको पाइन्छ। जसले गर्दा मौलिक लोक नृत्य हराउँदै जान्छ। यसकारण पनि मैले प्रशिक्षण तथा प्रदर्शन केन्द्रको स्थापना गरेको हुँ, शाहले भने। केन्द्रमा विहान लोक कला संस्कृतिको प्रशिक्षण तथा बेलुका प्रदर्शन गरिने उनले जानकारी गराए। समारोहमा कला क्षेत्रका विभिन्न व्यक्तित्वको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्