पूर्वमा दुई कदम



निर्माता निर्देशक उदय सुब्बाको निर्देशनमा निर्माणाधीन फिल्म दुई कदमको ८० प्रतिशत छायांकन सकिएको छ।

फिल्मको हाल पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा सुटिङ भइरहेको छ। अजम्बरी फिल्म्सको ब्यानरमा तारादेवी लिम्बूद्वारा निर्माणाधीन दयाराम घिमिरेको कथा रहेको प्रेमकथाको फिल्ममा गौरव पहारी, बृद्धि तामाङ, इओन लिम्बू, सिमोन गिरी, सुनील थापा, अर्जुन गुरुङ भंगेरी, कविता आले मगर, विमला लिम्बू, चन्दा दाहाल, जीवन लिम्बूलगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्मका निर्देशक सुब्बाले दर्शकलाई एउटा राम्रो प्रेमकथाको फिल्म दिनका लागि आफूहरुले मेहनत गरिरहेको बताए। अभिनेता पहारीले धेरै समयपछि फरक किसिमको प्रेमकथाको फिल्ममा काम गर्न पाउँदा खुसी लागेको बताए।

ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व, रामजी लामिछानेको नृत्य र विक्रम डिसीको छायांकन रहेको फिल्म आगामी भदौमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्