नम्बरी सुनको लुक्स



राजु गिरीको निर्देशनमा निर्माणाधीन फिल्म नम्बरी सुनको बिहीबार पोस्टर लुक्स सार्वजनिक भएको छ।

पोस्टरमा फिल्मका प्रमुख पात्र गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल र किरण नेपाली फिचर्ड छन्। आगामी भाद्र १ गते रिलिज हुने फिल्मको पोस्टरमा कलाकारको भाव प्रस्तुत गरिएको छ। अभिनेत्री नम्रता सापकोटालाई साधारण महिलाको रुपमा प्रस्तुत गरिएको छ भने गौरवलाई केही आक्रोशित मुडमा देखाइएको छ।

नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन्। सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा सरोज खाती, सविन खाती र मनोज रिजालद्वारा निर्माणाधीन फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, दिव्य सुवेदीको छायांकन र गौतमराज खड्काको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्