चलचित्र पत्रकारिता रजत सम्मान प्रदान गरिने



चलचित्र पत्रकार संघ नेपालले राष्टिझय चलचित्र पत्रकारिता रजत सम्मान प्रदान गर्ने घोषणा गरेको छ। बुधबार राजधानीको चाबहिल सरस्वतीनगरस्थित चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा संघले हरेक जेठ ७ गते स्थापना दिवसका दिन पारर आयोजना गर्ने वार्षिकोत्सव कार्यक्रममा ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद राशिसहित फिल्म पत्रकारितामा २५ वर्ष लामो समय बिताइसकेका तथा कम्तिमा १५ वर्षदेखि संघको सदस्यता लिएका एकजना पकारलाई सम्मान प्रदान गर्ने घोषणा गरेको हो। संघका अध्यक्ष समीर बलामीले आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४औं वार्षिकत्सवको अवसर पारेर उक्त सम्मान थप गरिने जानकारी गराए। संघ रजत वर्षमा प्रवेश गर्न लागेको अवसरमा सो सम्मान थप गरिएको उनले बताए। अध्यक्ष बलामीले पूर्व फिल्म पत्रकारलाई मानार्थ सदस्यतासमेत प्रदान गर्ने बताए।

संघले हरेक वर्ष जेठ ७ गते स्थापना दिवस पारेर दुईजना पत्रकारलाई ५१ हजारसहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार, दुई जनालाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, एक जनालाई ल्यापटपसहित राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार, २५ हजार नगदसहित एकजनालाई राष्ट्रिय मोफसल पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। संघले यस वर्षबाट राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान थपेको हो।

संघका महासचिव रघुनाथ सापकोटाद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल भइरहेको जनाउँदै सम्बन्धित मन्त्रालयमा ड्राफ्ट बुझाइसकेको र मन्त्रालयले ऐन निर्माणको लागि छिटो काम थाल्ने जानकारी गराए। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले फिल्मसँग सम्बन्धित सबै संघ संस्थाले एक अर्काेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, नेपाल टेलिभिजनका महाप्रबन्धक पूmलमान बल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले फिल्म र फिल्म पत्रकारिता क्षेत्रका विविध विषयमा चर्चा गर्दै एक आपसमा समन्वय गरेर अघि बढे दुवै क्षेत्रको विकास र उन्नतिमा सहयोग पुग्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्