आज भोलि तिम्रै कुरा



फिल्म क्रस रोड्स–कथा तिम्रो र मेरोको पहिलो गीत आज भोलि तिम्रै कुराको भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा याङ्की योल्मोको स्वर, अभिषेक रमुदमुको शब्द रचना, संगीत र रेकर्ड छ। गीतमा फिल्मकी प्रमुख अभिनेत्री रिस्मा गुरुङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियालगायतले अभिनय गरेका छन्। गीत सिक्किमको लाचुङ, कोलकाता र मिरिकका रमणीय स्थान खिचिएको छ।

भारतको दार्जिलिङ, सिक्किम र कोलकातामा छायांकन गरिएको फिल्म अर्विन्दराज गुरुङले निर्देशन गरेका हुन्।

जिग्मी लामा र नेवाल लामाको प्रोडक्सन कम्पनी अञ्जिग प्रोडक्सन, अरविन्द राज प्रोडक्सन, गोल्डन हावर फिल्म्स र निरेम प्रोडक्सन संयुक्त ब्यानरमा निर्मित फिल्ममा रिस्मा र गौरवसँगै याङ्की योल्मा, रिकजंग दोर्जे, बुद्धि तामाङ, अम्बिका थापा, शशिकला प्रधान, पवन सुब्बा र एमडी सनीले अभिनय गरेका छन्। अरविन्द, निकी गोले, चञ्चल थापा र विवेक लामाको कथा रहेको फिल्ममा चञ्चल थापाको छायांकन र रुपेनको सम्पादन छ। फिल्ममा एनी राई लामा, जिग्मी लाम र नेवल लामाको लगानी छ। फिल्ममा सिक्किमका रोविन गुरुङ र दार्जिलिङका शिखर थापा क्षेत्री र अलिसा क्षेत्री लाइन प्रोड्युसर छन् भने अरविन्दराज गुरुङ (अर्विन्द राज प्रोडक्सन), विवेक लामा (गोल्डेन आवर फिल्मस्) र निकी गोले (निरेम प्रोडक्सन) सह निर्माता छन्।

प्रतिक्रिया दिनुहोस्