गायक आनन्द कार्की अब नायक पनि



देश विदेशमा आप्mनो स्वर लहरीबाट दर्शक स्रोताको सांगीतिक प्यास मेटाउँदै आएका ख्यातिप्राप्त गायक आनन्द कार्की हालै गोदवरीको रमणीय स्थानमा हिरोझै नाचिरहेको भेटिए।

संगीतको तालमा अभिनेत्री अनु शाह तथा कोरस कलाकारका साथ कम्मर मर्काइरहेका उनी डान्सिङ मुडमा भेटिए। तर, त्यहाँ कुनै फिल्मको सुटिङ भइरहेको थिएन। गायक कार्कीले नै गाएको गीतको म्युजिक भिडियोको सुटिङ धमाधम भइरहेको थियो। गायक कार्की आपैmले गाएको गीतको भिडियोमा हिरोका रुपमा प्रस्तुत हुने क्रममा अभिनेत्री अनु शाहका साथ अन स्क्रिन रोमान्स गरिरहेका थिए। अमेरिका निवासी डन कार्कीको शब्द रचना तथा गायक कार्कीको साथमा गायिका मिलन नेवारको स्वर रहेको गोधुली साँझमा माया बस्यो एकै पलमा बोलको गीतको भिडियोमार्फत उनी पहिलोपटक हिरोका रुपमा काम गरिरहेका थिए।

ञमैले पहिलोपटक फूल मोडलिङ गरेको हुँ। अमेरिका निवासी गीतकार डन कार्कीजीले मोडलिङ तपाईं आफैं गर्नूस भन्नुभयो र म यसका लागि तयार भए। जसमा अनु शाहका साथ डान्सिङ गीतमा डान्स तथा मोडलिङ गर्दा फरक अनुभव भयो। मोडलिङ वा अभिनय गर्नु भनेको गाउनजस्तो सजिलो कामचाहिँ होइन रहेछु आनन्दले सुनाए गीत गाउने मान्छे भएकोले मोडलिङ अलि गाह्रो महसुस भए पनि मैले सजिलै र रमाइलो तरिकाले काम गरेको छु। करिब चार दिन प्राक्टिस पनि गरियो भने निर्देशकले सजिला स्टेप कम्पोज गर्न भन्नुभएको छ।

गोदावरीको रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई दर्शकमाझ ल्याउन आफू उत्साही रहेको उनले बताए। लामो समय गायकको रुपमा दर्शकमाझ परिचित भएकाले मोडलका रुपमा हेरेर दर्शकले कस्तो प्रतिक्रिया दिनुहोला भन्ने लागिरहेको छ। प्रस्तुत गीतमा एरेन्जर चाँद सिहले संगीत भरेका हुन्। उहाँ राम्रो एरेञ्जर हुनुहुन्छ। यो गीतमार्फत संगीत पनि गर्नुस् न कस्तो हुने रहेछ भनेपछि उहाँले निकै राम्रो संगीत गर्नुभएको छ, आनन्दले भने।

भिडियोलाई निर्देशक राज कुमारले निर्देशन गरेका छन् भने राजकुमार दर्जी (एभरेस्ट राज) ले कोरियोग्राफी तथा उषा मलाहा (सिमरन) ले सहायक निर्देशन गरेकी छन्। उत्सव दाहालको छायांकन रहेको भिडियोमा राज कुमारको सम्पादन रहेको छ। गीत र यसको भिडियो चाँडै नै सार्वजनिक गरिने तयारी रहेको गायक कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्