काँडेतारले पाएन सेन्सर सर्टिफिकेट



नवल खड्काद्वारा निर्मित, अभिनित तथा निर्देशित फिल्म काँडेतारलाई सेन्सर बोर्डले सेन्सर सर्टिफिकेट नदिएपछि उनले यसप्रति आपत्ति जनाएका छन्।

सामना फिल्म्स् प्रालिको ब्यानरमा निर्मित काँडेतार सोमबार सेन्सर बोर्डले हेरे पनि सेन्सर सर्टिफिकेट नदिएपछि खड्काले आपत्ति जनाएका हुन्। खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित निर्मित फिल्मका सम्वाद र दृश्यमा सेन्सर बोर्डले आपत्ति जनाई थप छलफल गर्नुपर्छ भनी सेन्सर सर्टिफिकेट नदिएको खड्काले जानकारी गराए। ञयसबारे सेन्सर बोर्डसँगको औपचारिक र अनौपचारिक कुरामा कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई फिल्म प्रदर्शन गर्न मैले अनुरोध गरेको छु। सरकारले जनताको देशभक्तिपूर्ण भावनालाई बुझी काँडेतार प्रदर्शन गर्न सर्टिफिकेट दिनेछ भन्नेमा हामी आशावादी छौं, खड्काले भने नदिएको खण्डमा न्यायका खातिर अदालत जाने, जनता र दर्शकको साथ र सहयोग माग्ने अधिकार हामीमा सुरक्षित छ र हामी कुनै पनि दृश्य वा सम्वाद नकाटिकनै जस्ताको त्यस्तै, दर्शक सामु पुर्याउनेछौं।

शिवम् अधिकारी र नवल खड्काको लेखन रहेकोे फिल्ममा नवल खडका, गौरव पहाडी, सुरविना कार्की ,रेबिका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, पुष्प श्रेष्ठ, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पर्शुराम चौधरी, पन्नालाल सिक्दार, महेश गिरी, खेम नेपाली, राम विश्वास, बालकलाकार नादिया खडका र सनया खडकालगायतले अभिनय गरेका छन् भने मणि थापा र दीपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन था बन्दे प्रसाद र तारा थापा (किम्भे) को सम्पादन रहेको छ। फिल्ममा माकिको राई र अञ्जु केसी निर्माता तथा गायिका सत्यकला राई कार्यकारी निर्मात्री रहेका छन्।

प्रतिक्रिया दिनुहोस्