युरोपियन फिल्म फेस्टिभल ३ शहरमा



द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डेलिगेसनकी कार्यवाहक प्रमुख जोएल हिभोनेटले नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने जानकारी गराएकी छन्।

जोएलका अनुसार सबैका लागि मानव अधिकार उत्सव भन्ने विषयवस्तुमा चल्ने महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा वैशाख १५ देखि १७, मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा २० देखि २२ तथा राजधानीमा वैशाख २९ देखि जेठ १ सम्म हुनेछ। महोत्सवमा युरोपका आठ फिल्मका साथै नेपाली फिल्म प्रदर्शन गरिनेछन्। महोत्सवमा अस्कर एन्ड लीली (अस्टिझया), रमोना (स्पेन), इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इनभिजिबल (लिथुअनिया, लाटभिया, युक्रेन, स्पेन), डेटिङ अम्बर (आयरल्यान्ड, युके) र मित्र (नेदरल्यान्डस्) का साथमा टोनी ह्यागेन फाउन्डेसनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्म आई वान्टेड टु बी लाइक माधुरी दिक्षित, गोर्खा गर्ल, ब्लुज अफ पिंक जुनको, बागथान, लिभिङ विथ डिग्निटी, फोर नाइटस् र ड्रिफ्टििङ क्लाउडस् प्रदर्शन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्