तीजलाई नांगो गाउँ



दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्म नांगो गाउ“ले हिन्दू महिलाहरुको पर्व हरितालिका तीजलाई लक्षित गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको छ।

फिल्म तीजको अवसर पारेर आगामी भदौ २९ गते नेपालसहित विभिन्न देशमा रिलिज हुने भएको हो। दयाहाध्र राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाध्र्देल, बुद्धि तामाङ, रवीन्द्र झालगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म हिमाल शर्माको प्रस्तुति र जय श्रेष्ठको निर्माणमा निर्माणाधिन छ। फिल्म कबड्डी ४ र जारी चलेपछि दया र मिरुनाको जोडीको चर्चा बढेकाले नांगो गाउ“लाई उनीहरुको सहभागिता सकारात्मक पक्ष बनेको छ। फिल्मको रिलिज डेटसँगै यसको निर्माण समूहले फस्टलुक सार्वजनिक गरेको छ। सार्वजनिक फस्ट लुकमा कुनै पनि कलाकारको तस्वीर प्रयोग गरिएको छैन। पोस्टरले फिल्मले राजनीतिक पृष्ठभूमि बोकेकोे झल्काएको छ।

निर्देशक लामाले फिल्मको कथावस्तु गाउँ केन्द्रित रहेको बताए। फिल्मले सामाजिक कथावस्तुलाई बलियो तरिकाले प्रस्तुत गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्