छायांकनमा सतीदेवी



पत्रकार, फिल्म लेखक, निर्देशक तथा निर्माता लक्ष्मण सुवेदीको निर्देशनमा निर्माणाधीन फिल्म सतीदेवीको सोमबार राजधानीको भद्रकाली मन्दिरमा पूजाआजा गरी मा शुभमुहूर्त गरिएको छ।

शुभ मुहूर्तसँगै सोमबारबाटै फिल्मको छायांकन शुरु भएको छ। फिल्ममा मलिका महत मुख्य भूमिकामा छिन्। दिलासा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माणाधीन फिल्ममा मलिकाका साथमा रमेश बुढाथोकी, भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीप बाबु लोहनी, सिर्जना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, इभन जोशी, विमल श्रेष्ठ, दीपा मगर, तुलसीप्रसाद श्रेष्ठ, बालकलाकार हर्षिका ओली, मञ्जिला बानियाँलगायतले अभिनय गर्नेछन्। महिला प्रधान फिल्ममा मा दीपक शर्मा र सुभाष भुसालको संगीत, देव महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र बाबु श्रेष्ठको छायांकन रहनेछ।

फिल्मका निर्देशक सुवेदीले चलचित्रको छायांकन ३० दिनमा सकाउने लक्ष्य रहेको बताए। सुवेदीले यसअघि एउटा साथी र लालजोडी नामक फिल्म निर्देशन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्