वृत्तचित्रको डक टक हुने



वृत्तचित्रका पारखीलाई लक्षित गर्दै गौथली इन्टरटेन्मेन्टले यससम्बन्धी कार्यक्रम डक टक आयोजना गर्ने भएको छ। कार्यक्रममा फिचर तथा लघु वृत्तचित्रको प्रदर्शनीसहित निर्देशकहरुसँग अन्तत्र्रिmया हुने जनाइएको छ।

आगामी वैशाख २२ गते निर्देशक प्रणय लिम्बूको उर्मी प्रदर्शन हुनेछ भने २३ गते प्रसुना डंगोलको बिफोर यु वेर माइ मदर देखाइनेछ। निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा फिल्म प्रदर्शनपश्चात् निर्देशकसँग अन्तक्र्रियात्मक सेसन चल्नेछ। उर्मीको शोपछि निर्देशक प्रणय लिम्बूसँग पत्रकार सेवा भद्मराईले अन्तक्र्रिया गर्नेछिन् भने भोलिपल्ट बिफोर यु वेर माइ मदरकी निर्देशक प्रसुना डंगोलसँग फिल्मकर्मी स्नेहा शर्माले भलाकुसारी गर्नेछिन्।

अन्तक्र्रियामा डकुमेन्टरी फिल्मको अवधारणा कसरी बनाइन्छ, कथा प्रस्तुति र संरचना कोर्दा के+के निर्णायक हुन्छन्, कास्टिध्र र पात्रको रोजाइ, फिल्मको बिक्री वितरण, निर्माणका विविध व्यवाहारिक पक्षजस्ता विषयका बारे निर्देशकले आ आप्mना अनुभव सुनाउनेछन्। यी दुई फिचर वृत्तचित्रबाहेक, कार्यक्रममा विभिन्न लघु वृत्तचित्रका पनि प्रदर्शन गरिनेछ। २२ गते प्रतिभा पन्तको बियर अफ ग्लास बिड्स्, पुष्पा जोशी र एञ्जेला चौधरीको ललिता, सम्राट खनालको थ्रु द सिंगिङ भिलेजेस तथा श्रीषा कुँवर र एञ्जेला चौधरीको मेरो बुबा तथा २३ गते सहयोगराज अधिकारी र एलएसएमको यात्रा, मीरा खड्का र अस्मिता लावतीको एक एक, दीपा श्रेष्ठको डिझप्mिटङ क्लाउड्स, र शुभाङगी खड्काको आमाको स्कुल देखाइने छ।

प्रतिक्रिया दिनुहोस्