चितवनमा रास्वपाको अग्रता कायमै



चितवन।

चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदार रवि लामिछानेले अग्रता बनाउँदै गएका छन् ।

आज राति १०ः३० बजेसम्म इच्छाकामना गाउँपालिकाका सबै वडा र भरतपुर महानगरपालिको वडा १, २, ३ को गणना सम्पन्न हुँदा लामिछानेले १२ हजार पाँच सय ४० मत प्राप्त गरेका छन । नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले तीन हजार पाँच सय ७० र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ तीन हजार पाँच सय ५५ मत प्राप्त गरेको मुख्य निवाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । हालसम्म २० हजार तीन सय ३१ मत गणना हुँदा तीन सय ८३ बदर भएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्