अब यो देश युवाले हाँक्छन् : रबि लामिछाने


काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अब देश युवाले हाँक्ने जनाएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै ब्यवस्था बदलिए पनि अवस्था नबदलिएको पनि उनको टिप्पणी छ।  ´सोच्छु ,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन?,´

लामिछानेको निष्कर्ष छ, ´अहिलेको देश देख्दा लाग्छ हामी दशकौं पहिले जहाँ थियौं,त्यहीँ छौं।व्यवस्था त सुध्रियो,अवस्था सुध्रिएन।´उनले अगाडी लेखेका छन्, ´ लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट  मुक्ति देओस्। यो देश अब युवाले हाँक्छन् ।´

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।