खोटाङका विद्यालयमा कचहरी



खोटाङ । खोटाङ रंगमञ्चको प्रस्तुतिमा यहाँका विद्यालयहरुमा जनचेतनामूलक नाटक कचहरी प्रदर्शन भइरहेको छ।

लागूऔषध दुव्र्यसनीका कारण हुने बेफाइदा तथा नियन्त्रणका उपायका बारेमा सन्देश प्रवाह गर्ने उद्देश्यले तयार पारिएको नाटक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग तथा हामी स्वयम्सेवी अभियानको सहकार्यमा तयार प्रदर्शन गरिएको हो।

नाटकले नगरबासीको मात्र नभई जिल्लाबासीकै जनचेतना अभिवृद्धिमा सहयोग पुर्याउने अपेक्षा गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए। इलामका अनिल सुब्बाले निर्देशन गरेको कचहरीमा खोटाङका कलाकारहरु सञ्जीव राई, योगिन राई, सविना राई, सलिना भुजेल, दीपेन्द्र राई, मिलन राई, आकृति भुजेल, ज्ञानेन्द्र विश्वकर्मा र मनीष परियारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्