छुवाछुतविरुद्धको निरमाया जापानमा



मदानी मुभि एन्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्मित सामाजिक कथाको फिल्म निरमायाको पहिलो अन्तर्राष्टिझय प्रदर्शन जापानबाट शुरु हुने भएको छ।

एनादर चान्स नेपालको प्रस्तुति तथा एनआरएनए जापान र अन्तर्राष्टिझय नेपाली साहित्य समाज जापान च्याप्टरको सहकार्यमा निरमायाको प्रदर्शनी जापानमा गर्न लागिएको यसका प्रस्तुतकर्ता अनन्त तिमिल्सिनाले जानाकारी गराए। उनका अनुसार जापानका विभिन्न शहरमा प्रदर्शन हुने फिल्म २९ तारिकमा टोकियोको सिनओकुबोस्थित सोलमारी मुराहलमा प्रदर्शन हुनेछ। एनादर चान्स नेपालले जापानको राइट लिएर प्रदर्शन गर्न लागेको निरमायामा आयोजकको रुपमा एनआरएन जापान र अन्तर्राष्ट्रिय साहित्य समाज जापान रहेका छन्।

निरमायाले जातीय छुवाछुतविरुद्धको सन्देश बोकेको छ। समाजको यथार्थ चित्रण समेटिएको फिल्ममा रमेश बुढाथोकी प्रमुख भूमिकामा छन्। मदानी मुभिज र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्मित फिल्म रमेश कोइरालाले निर्देशन गरेका छन्। महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्म रोजा तिमल्सिना र रमेश दाहालले निर्माण गरेका हुन्। फिल्ममा रमेश बुढाथोकीका साथमा लय संग्रौला, जेएन घिमिरे, जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मीलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्