धिरज र जसिता दर्शक भेट्न जिल्लातिर



आगामी २१ गते अल नेपाल रिलिज हुने फिल्म आई एम ट्वान्टी वानका नायक धिरज मगर र नायिका जसिता गुरुङले जिल्लाका दर्शकसँग साक्षात्कार गर्ने भएका छन्।

यसका लागि उनीहरु बिहीबार बुटवलतर्फ लागेका छन्। उनीहरुले बुटवलका दर्शकसँग शुक्रबार भेटघाट गर्नेछन्। धिरज र जसिताले बुटवलका विभिन्न कलेज र सिनेमा भवनमा दर्शकलाई भेट्नेछन् भने शनिबार नेपालगञ्जका दर्शकसँग साक्षात्कार गर्नेछन्।

ञफिल्म चल्नु अगाडि नै हामी दर्शकहरुसँग भेटघाट गर्न आतुर छौं। दर्शकले हाम्रो फिल्मलाई लिएर कस्तो विचार व्यक्त गर्नुहोला भन्ने कुराले म आफंै पनि उत्साहित छु। त्यसैले, साक्षात्कारको कार्यक्रम बनाएका छौं, फिल्मकी निर्देशक रेनशा वान्तवा राई भन्छिन्। डान्सको कथामा तयार भएको फिल्ममा धिरज दुई अवतारमा देखिन्छिन्। जसिताले भने फिल्ममा आफ्नो सपना पूरा गर्नका लागि मिहिनेत गर्ने एक युवतीको भूमिकामा अभिनय गरेकी छिन्। फिल्म आइकोर फिल्म्सको ब्यानरमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्