आशा बनिन् केशरी



सेलिब्रेटी नेपालको प्रस्तुतिमा सामाजिक टेलिफिल्म केशरी निर्माण गरिएको छ।

केशरीको शीर्ष भूमिकामा आशा भुसालले अभिनय गरेकी छन्। थुप्रै फिल्म, म्युजिक भिडियो र टेलिफिल्ममा अभिनय गरिसकेकी आशाले केशरीमा जीवन्त अभिनय गरेको निर्माण संस्थाको दाबी छ। उत्तम अधिकारीको लेखन तथा निर्देशनमा बनेको टेलिफिल्ममा नारी वेदनाको कथालाई महङ्कवपूर्ण स्थान दिइएको छ। राष्टिझय टेलिभिजनबाट प्रसारण हुने टेलिफिल्मले गाउँले जन जीवनको यथार्थ कथा बोल्ने लेखक तथा निर्देशक अधिकारी बताउँछन्।

केशरीका निर्माता रंग पत्रकार रघुनाथ सापकोटा हुन्। उनलाई निर्माणमा राजकुमार श्रेष्ठले सघाएका छन्। आशा भुसालका साथमा लक्ष्मीनाथ तिमल्सिना, विनयराज पौडल, प्रदीप सिंह थापा, करुणा श्रेष्ठ, चण्डिका बस्नेत, रेशम फिरिरी, सुरज अधिकारी, समीर खनाल, स्मृति बस्नेत, डिम्पल खरेल, विष्णु रोक्कालगायत कलाकारले अभिनय गरेको केशरी यसै महिनाको अन्तिम साताबाट प्रसारण शुरु गर्ने लक्ष्य राखिएको निर्माता सापकोटाले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्