निश्चल र रचनाको एक्का बादशाह



गायक गायिका निश्चल नेपाल र रचना रिमालद्वारा स्वरबद्ध एक्का बादशाह बोलको गीत हालै राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ।

नविन कार्कीको संगीत रहेको गीतमा डीपी खनालको शब्द रचना छ। रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो माइकल चन्दले निर्देशन गरेका छन्। माइकल स्टेप अप एन्ड आट्र्स एकेडेमीको कोरियोग्राफीमा तयार पारिएको गीतको भिडियोमा म्याक्स नेपाल, अनु शाह, उषा उप्रेती र रमेश विश्वकर्माले अभिनय गरेका छन्। ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ।

कार्यक्रममा बोल्दै निर्देशक चन्दले यो गीतमा युवा युवतीले एक+अर्कालाई एक्का र बादशाह भनेर परिचय गराएको बताए। भिडियो गीतको भावअनुसार नै तयार पारिएको उनको भनाइ थियो। नायिका अनु शाहले भिडियोका लागि पूरा मिहिनेतका साथ नृत्य गरेको दाबी गरिन्। मोडल उषा उप्रेतीले भिडियो निकै राम्रो बनेको बताइन्।

प्रतिक्रिया दिनुहोस्