शिल्पकला शिक्षाको महद्ववमाथि अन्तक्र्रिया



नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागको आयोजनामा सोमबार शिल्पकला शिक्षा विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको सभाध्यक्षता तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राज्ञसभा सदस्य प्रदीप शाक्यले सीप भएका कलाकार ओझेल नपुन् र शिक्षित कलाकार पनि बढ्दै जाउन् भन्ने कामना गर्दै शिल्पकलाको शिक्षालाई दीगो विकाससँग जोड्न जरुरी भएको धारणा व्यक्त गरे। काठमाडौं विश्वविद्यालयका एसोसियट डिन सुजन चित्रकारले नेपालमा कला, साहित्य, संस्कृतिको क्षेत्रमा सरकारले धेरै सहयोग गर्न नसकेको बताए। नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपालमा शिल्पसम्बन्धी विधा परापूर्वकालदेखि नै भएको तर यसमा अध्ययमै ध्यान नपुगेको बताउए। महासंघका उपाध्यक्ष नवीन शाक्यले शिल्प शिक्षासम्बन्धी विषयलाई सबैले सहज रुपमा लिन सक्नुपर्नेमा जोड दिए।

कलाकार माणिकमान शाक्यले रैथाने सीपलाई पुस्तान्तरण गर्न जरुरी भएको धारणा व्यक्त गरे। कलाकार निलम चित्रकारले विगतको अनुभव सुनाउँदै ७६ जिल्ला पुग्दा हरेक जिल्लामा थुप्रै कलाकार भेटेको बताए। चित्रकला विभाग प्रमुख सञ्जय वान्तवाले यो क्षेत्र चुनौतीको पहाड भएको जनाए। उपकुलपति लालकाजी लामाले रैथाने कलालाई अझ कसरी सम्मानित गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेला आएको चर्चा गरे। कुलपति नारदमणि हार्तम्छालीले शिल्पकलालाई सिर्जना, शिक्षा र प्रविधिसँग तथा उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्